×

NMB BANK
NIC ASIA

जन्मघरमा उभिएर (कविता)

जेठ ५, २०७७

NTC
Sarbottam
प्रतीकात्मक तस्वीर
Premier Steels
Marvel

दियेश रत्न शाक्य
                      
                     
धेरै  पछि जब टेकें जन्मघर
उ अचम्मित भयो र सोध्यो मलाई
किन आयौ अब
जब रहेन यो घर
उभिन सकेन  तिमी  हुर्की  बढेको
कोठा ,चोटा र बुईंगलहरू
केवल  भुकम्पको स्मृति छोडेर
कता हराए यिनीहरू ?

गह्रुगो मन थाम्दै  म बोलें    
मेरो बालापनको सुगन्ध
टिप्न आएको  हूँ यहाँ
जुन मैले धेरै  पहिले
यतै छोडेर गएको  थिएँ
अहिलेसम्म  साक्षी उभिरहेको
    -यो जमिनको पत्र पत्रमा
    -यो हावाको कणकणमा
    -यो घण्टीफूल रुखको पात पातमा
     -यही घरछेउ
      लामो सुस्केरा उनेर
      सुक्दै उभिरहेको इनारमा
     -यो घर उभिएको चोक वरपर
      लुकामारी खेल्दै
      छिपाएका मेरा बालसखाहरूको हाँसोमा
     - 'घ्वाँय् कासा'खेलमा
       किरिङमिरिङ कोरेका यो आँगनको माटोमा
      -गुच्चा , खोपी र डण्डीबियो फ्याँक्दै नापेका
       प्रत्येक गल्लीको       बाटोमा                                                                   
       -एकपाङ्ग्रे साइकल  गुडाउँदै नापेका
       पुरा बजारभरिको सडकमा
     
जतिन्जेल म जन्मघरमा हुन्छु
स्वप्निल  यादहरूले घेरिन्छु
अहिले पनि छिमेकीको तेलमिलबाट
हरर बास्ना
नाकैमा ठोक्किरहे जस्तो लाग्छ
चोटामा रहेका तानबाट
कपडा  बुनेको आवाज
टहरामा रहेको
ओखलबाट चिउरा कुटेको आवाज
ढिकीबाट धान कुटेको आवाज
अनि बुईंगलबाट 
जाँतोमा दाल पिसेको आवाज
फेरि  पनि यी कानमा सुसेली हाल्न
आइरहे जस्तो लाग्छ

अलि पर
ढिक्का नुनको ससानो पहाड
मट्टितेलको ससानो पोखरी        
कपडाको ससानो कोठी
सजिएको बजारमा
ढाकरहरूको भीड
र कोलाहलको पुरानो दृश्यचित्र
स्मृतिमा बलियोसंग टाँसिन आइरहेछ
र सम्झनामै तानिरहेछु
ती दिनहरू
जतिबेला हामी आमाको पछि लागेर
पर खोलासम्म
लुगाका पोकाहरूको जुलुस जान्थ्यौं
र डुब्दै  रमाएर खेल्थ्यौं

जसै यो ठाउँमा उभिन्छु
मानौं  यस्तो लाग्छ
यो गल्लीको सन्नाटा चिर्ने थिएन
यदि हाम्रो ज्यासलमा
हथौड़ाको आवाज  नउब्जिएको भए
हुक्काको  हुँकार  नगर्जिएको भए
दूरदराजबाट आएर
आस्याङ -आङिहरू /बाजे -बज्यैहरू
पसलमा हुल बाँधेर नबसिदिएको भए
र टोलभरिको ठूलो हाम्रो परिवार
हरेक साँझ
अझ ठूलो कसरी हुन्थो र
उहाँहरू पाहुना नबनिदिएको भए

एउटा  युग जस्तो लामो समय तानेर
सम्झिरहन्छु मेरा बा आमालाई
जसले कर्मको छिनाले खोप्दै
पहाड जस्तो दु:ख 
हाम्रो लागि सम्याउन खोज्दा खोज्दै
जुनि कटाउनु भयो

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x