धनुषाका नयाँ संक्रमित जनकपुरका, भारतको बिहारबाट आएका थिए

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

धनुषाका थप २ जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार राति पुष्टि गरेको छ ।

२ नम्बर प्रदेशको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले दुवै संक्रमित धनुषाको नगराइन नगरपालिकाको गंगुली गाउँमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनमा रहेका बताए ।


Advertisement

प्रादेशिक क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरका अनुसार संक्रमित दुवै जना जनकपुरधाम उपमहानगरपालिकाका रहेको पुष्टि गरेका छन् । उनका अनुसार १ जना ४५ वर्षीय पुरुष जनकपुरधाम उपमहानगरपालिका–६ का वासिन्दा हुन् भने अर्का १ जना २१ वर्षीय जनकपुरधाम उपमहानगरपालिका–२१ का वासिन्दा हुन् । 

दुवै जना भारतको बिहारबाट आएका ठाकुरले बताए । जेठ १ गते क्वारेन्टाइनमा आएका र २ गते स्वाब संकलनको काम गरिएको ठाकुरले बताए । 


Advertisement

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्