×

NMB BANK
NIC ASIA

भारतसँग मित्रता गाँस्न खोज्दै तालिबान, कश्मीरलाई भारतको आन्तरिक विषय बतायो

जेठ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कश्मीरमा आतंकवादीहरूलाई सहयोग गरिरहेको भनेर तालिबानसँग भारतले अहिलेसम्म चिसो सम्बन्ध राख्दै आएकोमा तालिबानले कश्मीर भारतको आन्तरिक मामिला भएको बयान दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आफू कश्मीरमा भइरहेको आतंकवादी गतिविधिमा संलग्न नरहेको भनी तालिबानले स्पष्टीकरण दिएको छ । अन्य देशको आन्तरिक मामिलामा आफूले हस्तक्षेप नगर्ने उसको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिबानको राजनीतिक शाखा इस्लामिक अमीरात अफ अफगानिस्तानका प्रवक्ता सुहैल शाहीनले सोमवार एउटा ट्वीट गरे, ‘तालिबान कश्मीरमा भइरहेको जिहादमा संलग्न रहेको भनी मिडियामा प्रकाशित खबरहरू गलत छन् । अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने इस्लामिक अमीरातको स्पष्ट नीति छ ।’


Advertisment
Nabil box
Kumari

त्यसअघि मिडिया तथा सामाजिक सञ्जालमा तालिबानका प्रवक्ता जबीउल्लाह मुजैदले कश्मीर विवाद समाधान नहुन्जेल भारतसँगको मित्रता कायम हुन नसक्ने भनेको भनी लेखिएको पाइन्थ्यो । काबुलमा आफूहरूले सत्ता कब्जा गरेपछि कश्मीरलाई पनि लिने भनी प्रवक्ताले भनेको उल्लेख थियो । 

Vianet communication
Laxmi Bank

सूत्रहरूका अनुसार, सामाजिक सञ्जालमा आएका खबरको सत्यतथ्य जान्नका लागि भारतले तालिबानसँग सम्पर्क गर्दा यो स्पष्टीकरण जारी गरिएको हो । सामाजिक सञ्जालमा गरिएका दाबी झूटो भएको र तालिबानको वास्तविक अडानलाई त्यसले प्रतिबिम्बित नगर्ने भनी भारतलाई तालिबानले स्पष्ट पारेको देखिएको छ । 

अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता हुने समय नजिकिँदै गर्दा त्यहाँको राजनीतिक समीकरण तीव्र गतिमा बदलिइरहेको छ । अमेरिकाको अनुपस्थितिमा अफगानिस्तानमा प्रभाव जमाउन पाकिस्तान, चीन, इरान र रुसले साझेदारी गरेको देखिन्छ । 

अफगानिस्तानमा भारतको पोजिसन कमजोर देखिन्छ । तालिबान जहिल्यै पाकिस्तानको निकटवर्ती हो । तालिबान अफगानिस्तानको सत्तामा आएमा पाकिस्तानले तिनीहरूलाई भारतविरुद्ध उपयोग गर्नसक्ने डर भारतले लिएको छ ।

अनि अफगानिस्तानमा भारतले गरेको लगानी पनि खेर जान सक्ने जोखिम पनि रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x