×

NMB BANK
NIC ASIA

विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई हटाउने सुर कस्दै ट्रम्प

जेठ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरिने धम्की मंगलवार दिएका छन् । उनले संगठनका महानिर्देशक टेड्रोस आधानोमको नेतृत्वमा संगठनले चीनको उक्साहटमा काम गरेको अनि आरम्भिक चरणमा कोभिड–१९ महाव्याधिको कुव्यवस्थापन गरेको आरोप लगाएका छन् । 

Muktinath Bank

‘तपाईं र तपाईंको संगठनले महाव्याधिको व्यवस्थापनमा बारम्बार गल्ती गर्दा संसारलाई एकदमै महंगो परेको स्पष्ट छ । विश्व स्वास्थ्य संगठनको एक मात्र अग्रगामी बाटो भनेको चीनबाट स्वतन्त्र हुनु हो,’ ट्रम्पले टेड्रोसलाई लेखेको पत्रमा उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चार पृष्ठ लामो उक्त पत्रमा ट्रम्पले गत वर्षको डिसेम्बर महिनादेखि विश्व स्वास्थ्य संगठनले उपलब्ध सूचनाको आधारमा काम नगरेको, झुक्याउने किसिमको दाबीहरू गरेको र संसारलाई गलत सल्लाह दिएको फेहरिस्त लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

३० दिनभित्र ठोस सुधार गर्नका लागि प्रतिबद्ध हुन ट्रम्पले टेड्रोसलाई समय दिएका छन् । त्यसो नगरेमा ‘म संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्नेछु र सदस्यता फिर्ता लिने विचार गर्नेछु’ भनी ट्रम्पले चेतावनी दिए । 

Vianet communication
Laxmi Bank

ट्रम्पको पत्रमा कस्तो किसिमको सुधारको अपेक्षा गरेका हुन् भन्ने स्पष्ट खुलाइएको छैन । ‘मेरो प्रशासनले तपाईंको संगठनको सुधार कसरी गर्न सकिन्छ भनी वार्ता थालिसकेको छ,’ उनले लेखे । 

वाशिङटन र जेनेभामा रहेका कूटनीतिज्ञहरूले विश्व स्वास्थ्य संगठनका प्रमुखलाई चेतावनी दिने ट्रम्पको पत्रले उक्त संगठनबाट अमेरिका बाहिरिने तयारीको संकेत दिएको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x