×

NMB BANK
NIC ASIA

सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव

जेठ ७, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

सुर्तीजन्य पदार्थको सेवन घटाउन कर वृद्धि सबैभन्दा प्रभावकारी तरिका भएको र यसले सरकारको राजश्वमा समेत वृद्धि गर्न सहयोग पुग्ने एक अध्ययनले सुझाएको छ।
 
नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले संयुक्तरुपमा बुधबार भर्चुअल पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सुर्तीजन्य पदार्थको सेवन गर्ने कोभिड–१९ को उच्च जोखिममा रहेको हुनाले पनि सुर्तीजन्य पदार्थको कर बृद्धि गरे राजश्व बढ्ने र सुर्तीजन्य पदार्थ सेवन निरुत्साहित हुने सुझाव दिइएको छ। 
 
प्रतिष्ठानले उक्त अनुसन्धान राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको संयोजनमा नेपाल अर्बुद रोग निवारण संस्था, क्यान्सर रिसर्च यूके, विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा सन् २०१९ को अन्तदेखि २०२० को शुरुसम्म गरेको थियो । अनुसन्धानमा ४९ जिल्लामा दुई हजार ८०० घरधुरीको सर्भेक्षण गरिएको थियो। 
 
नेपालले विश्व स्वास्थ्य सङ्गठनको सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि भएको सम्मेलन लाई सन् २००६ मा अनुमोदन गरेको छ। नेपाल सरकारको सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी नीतिमध्ये सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशतसम्म स्वास्थ्य चेतावनीमूलक जानकारी राखिएको कारणले अन्तर्राष्ट्रियस्तरबाट मान्यता पाएको छ। तर करसम्बन्धी नीतिमा भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम रहेको प्रतिष्ठानले जनाएको छ । चुरोटमा लाग्ने कर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको कम्तीमा ७० प्रतिशत हुनुपर्नेमा नेपालमा २७ प्रतिशत मात्र रहेका प्रतिवेदनमा उल्लेख छ।
 
नेपालले खुद्रा मूल्यको १५ दशमलव पाँच प्रतिशत (मुल्य अभिवृद्धि कर बाहेक) मात्र सुर्तीजन्य पदार्थमा कर लगाएको छ। जुन दक्षिण एशियाली देशमध्ये सबैभन्दा कम भएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ। 
 
प्रतिष्ठानले हाल सुर्तीजन्य करलाई बढाउने र नेपाल सरकारले विद्यमान कर प्रणालीको सट्टा आगामी बजेटमा ५५ देखि ७५ प्रतिशतसम्मको वैज्ञानिक कर प्रणालीे लागू गर्न यस अध्ययनबाट आएको निचोडको आधारमा सिफारिस गरेको छ । अनुसन्धानको निष्कर्षको आधारमा प्रतिष्ठानले आगामी आर्थिक वर्षको बजेटमा सुर्तीजन्य पदार्थको करको दायरा वृद्धि गर्नको लागि आह्वान गरेको छ । प्रस्तावित कर वृद्धिले लगभग रु चार अर्बको राजश्व सङ्कलन हुनुकासाथै ४३ करोड ३० लाख चुरोट खपतमा कमी आउने आकलन गरिएको छ।  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x