फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
पोखराका उद्योगी व्यवसायीले बन्दाबन्दीका कारण उद्योग/वाणिज्य क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी, पोखरा उद्योग वाणिज्य सङ्घ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा अर्थतन्त्रलाई सही दिशामा ल्याउन राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यवसायलाई विस्तारै सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पुर्याएको गम्भीर क्षतिको मूल्याङ्कन गर्दै उद्योग/वाणिज्य र पर्यटन क्षेत्रको लागि विशेष राहत प्याकेजको मागसहित आगामी आर्थिक वर्षको बजेट पूर्वाधार र औद्योगिक व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।
उनले कर्जाको समयसीमा बढाउनुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, वासलात ऋणात्मक भए पनि कर्जा प्रवाह गरिनुपर्ने तथा आउँदा दिनमा पूँजी हेरेर नभई आम्दानी, योजना तथा नवीनतम सोचका आधारमा उद्योगी/व्यवसायीलाई कर्जा प्रवाह गरिनुपर्नेमा जोड दिए ।
त्यस्तै उद्योगधन्दा खुलाउनुपर्ने, ‘नो वर्क, नो पे’को व्यवस्था गरिनुपर्ने, खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने, भूउपयोग नीति लागू हुनुपर्ने र कृषिमा अनुदान बढाइनुपर्ने सुझाव दिइएको छ । पर्यटन उद्योगमा कम्तीमा एक वर्ष सबै प्रकारका कर मिनाहा गरिनुपर्ने र पर्यटन प्रवद्र्धनका लागि छुट्याइएको बजेट पर्यटन पुनःउत्थानको क्षेत्रमा खर्च गरिनुपर्ने माग गर्दै अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीबाट फर्केनेका लागि स्वरोजगारका कार्यक्रम ल्याउन माग गरे ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकालले व्यवसायलाई आधार मानेर ऋण प्रवाह गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमममा शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठी र पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माइकला कर्माचार्यले कोरोनाका कारण निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको लगानी जोखिममा परेको बताउँदै सरकारले विद्यमान अवस्थाको गम्भीरताका साथ विश्लेषण गर्दै राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना सङ्क्रमण र बन्दाबन्दीका बीचमा पनि आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने विचार राख्र्द उद्योग–व्यवसाय सञ्चालन नगरिए अर्थतन्त्र नै थला पर्ने जिकिर गरे ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...