राम जन्मभूमिमा भेटिए प्राचीन मूर्तिहरू, यस्तो छ महत्त्व

भारतको अयोध्यामा राम मन्दिरको निर्माण कार्य लकडाउनका बावजूद जारी छ । प्रशासनको अनुमति लिएर श्रीरामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले काम शुरू गरिसकेको छ । 

परिसरमा खन्ने क्रममा पुराना मूर्तिहरू भेटिएका छन् । त्यहाँ शिवलिंग, विभिन्न मूर्ति तथा अन्य सामानहरू भेटिएको ट्रस्टको दाबी छ । 


Advertisement

मूर्तिहरू भेटिएपछि विभिन्न किसिमका दाबी गरिन थालेका छन् । 

हिन्दु महासभाका वकिल विष्णु जैनले भने, ‘सर्वोच्च अदालतमा बहस गर्दा हामीमाथि मुस्लिम पक्षले हिन्दू तालिबानको आरोप लगाएका थिए र त्यहाँ मन्दिरको कुनै अवशेष नरहेको बताएका थिए । पुरातात्त्विक मूर्तिहरू भेटिएपछि उनीहरूको आरोप झूटो भएको प्रमाणित भयो ।’


Advertisement

बाबरी मस्जिदका लागि पैरवी गरेका इकबाल अन्सारीले चाहिँ सर्वोच्च अदालतको फैसला आइसकेकाले कुनै पनि बयान नदिने बताए । उनले भने, ‘हाम्रो तर्फबाट मुद्दा किनारा लागिसकेको छ । त्यस ठाउँमा जे भेटिएको छ त्यसको सम्मान गर्नुपर्छ ।’

ट्रस्टले भेटिएका वस्तुहरूका विषयमा विवरण दिएको छ । उसका अनुसार, खन्ने क्रममा पुरातात्त्विक महत्त्वका वस्तुहरू कलश, पुष्प, आमलक, देवीदेवताका टुक्रिएका मूर्ति, सातवटा ब्ल्याक टचस्टोन, ६ वटा रेड स्यान्डस्टोन र पाँच फीटको शिवलिंग फेला परेका छन् ।’

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्