×

NMB BANK
NIC ASIA

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार झापाको कचनकवल गाउँपालिकामा थप २३ जना कोभिड– १९ संक्रमित फेला परेको पुष्टि गर्‍यो । यससँगै उक्त गाउँपालिकामा जम्मा संक्रमितको संख्या ३३ पुगेको छ ।

Muktinath Bank

भारतबाट आएका २ सय १० मध्ये पथरिया माविस्थित क्वारेन्टाइनमा रहेकाहरूको परीक्षणमा १० जना र लक्ष्मी प्रसाद देवकोटा माविस्थित क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्दा २३ जना संक्रमित फेला परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार संक्रमण पुष्टि भएका सबैलाई कोशी प्रादेशिक अस्पताल विराटनगर भर्ना गरिएको छ भने पछिल्लोपटक संक्रमण पुष्टि भएका यो समाचार लेख्ने बेलासम्म क्वारेन्टाइनमै छन् । उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिँदैछ ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका अध्यक्ष अञ्जारा आलम भन्छन्– ‘सबै संक्रमित भारतबाट केही दिनअघि नेपाल आएका हुन्, हामीले सिधै ल्याएर क्वारेन्टाइनमा राख्यौं, त्यसैले समुदायमा संक्रमण फैलिन पाएको छैन ।’

Vianet communication
Laxmi Bank

उनले दिएको जानकारीअनुसार पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविबाहेक महेन्द्र रत्न माविमा ९५ र जानकी आधारभूत विद्यालयमा ४० जना क्वारेन्टाइनमा रहेका छन् ।

चारवटै क्वारेन्टाइनमा रहेका सबैको पीसीआर टेस्ट भने भएको छैन । अध्यक्ष आलमले भने, ‘हामीसँग स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । परीक्षण गर्ने किटको अभाव देखिएको छ । त्यसैले सबैको परीक्षण नभएको हो ।’

उनले क्वारेन्टाइनमा रहने सबैको परीक्षण भए संक्रमितको संख्या बढ्ने बताए । गाउँपालिकामा बजेट पनि रित्तिएको छ ।

‘हामीले सबै शीर्षकको बजेट यतै तानेका छौं,’ उनको भनाइ छ, ‘क्वारेन्टाइनमा रहेका सबैलाई निश्चित दूरीमा राखिएको छ, झुल तकिया बिस्तारा दिइएको छ र खाना पनि गाउँपालिकाले नै गरिरहेको छ । अब केन्द्र र प्रदेशकै भरोसा छ ।’

संयमित छैनन् क्वारेन्टाइनमा बस्नेहरू

अध्यक्ष आलमले क्वारेन्टाइनमा बस्नेहरू आफैं संयमित नभएकाले दु:ख भएको गुनासो पोखे ।

‘भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरू पनि संयमित देखिएका छैनन्, उनका छिमेकीहरू पनि संयमित छैनन्,’ उनले भने, ‘एकैठाउँमा भेला हुने, गफ गर्ने गरेका छन्, हामीले सँगै नबस्नुस् भन्दा पनि मान्दैनन् ।’

उनले क्वारेन्टाइनमा पूर्वाधारको अभाव भएकाले आफूहरूलाई गाह्रो परेको बताए । ‘४ वटै स्कूलमा पानी, शौचालय, विद्युतको व्यवस्थापन गरिरहनुपरेको छ, सफाइ राम्रोसँग हुन पाउँदैन । त्यसैले अलि दु:ख पाएका छौं,’ उनले भने ।

पहिलो कोरोना संक्रमित देखिएपछि नै तथ्यांक संकलन शुरू

आलमले विदेशबाट आउनेहरूको तथ्यांक धेरै पहिलादेखि लिन शुरू गरेको बताए ।

‘देशभर लकडाउन हुँदा हामीले बोर्डर सील गरेर तथ्यांक लिन शुरू गरिसकेका थियौं । अहिले भारतबाट आएकामा मात्र संक्रमण देखिएको छ, समुदायस्तरमा फैलिन नदिन धेरै मेहेनेत गरेका छौं,’ उनले भने ।

अध्यक्ष आलमले आफू रातदिन काम गरिरहेको दाबी गरे ।

‘मेरो त टाउको दुख्ने समस्या देखिन शुरू गरिसक्यो,’ उनले भने, ‘आफ्नै खानाको समय छैन, सुत्ने समय छैन । फिल्डमै हुन्छु हरेक समय । आफ्नै स्वास्थ्य बिग्रिन लागिसकेको छ,’ उनले भने ।

उनले व्यवस्थापन गर्न सक्दिनँ कि जस्तो कहिल्यै नलागेको बताए ।

‘परिस्थितिको जायजा लिएका थियौं,’ उनले भने, ‘हामीले व्यवस्थापन गर्न सक्छौं भन्ने आत्मविश्वास छ । मसँग मेरो टीम छ, वडाअध्यक्षहरू हुनुहुन्छ । जिल्लाबाट पनि समन्वय र सहयोग भइरहेको छ । संघमा पनि कुराकानी हुँदा तपाईंहरू नआत्तिनुस् भन्नुहुन्छ, आत्मविश्वासका साथ कोरोना परास्त गर्न सक्छौं ।’

सबैको परीक्षण गर्ने किट अभाव छ – सीडीओ

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई हामीले सोधेका थियौं, ‘नेताको परीक्षण हुने, पत्रकारहरूको परीक्षण हुने तर क्वारेन्टाइनमा भएका सबैको परीक्षण किन भइरहेको छैन ?’

जवाफमा उनले भने, ‘सबैको परीक्षण गर्न हामीसँग किट छैन । कतिपयले सोर्स फोर्स लगाएर परीक्षण गरेका छन् ती हाम्रो माध्यमबाट भएका होइनन् । म आफैंले गरेको छैन, सुरक्षाकर्मीहरूको परीक्षण भएको छैन किटको अभावमा ।’

उनले भारतका संक्रमित स्थानबाट आएकाहरूलाई प्राथमिकतामा राखेर परीक्षण गरिएको बताए ।

‘हामीले जिल्लाको प्रत्येक पालिकालाई तथ्यांक संकलन गर्न लगाएका छौं र त्यहीअनुसार परीक्षण किट र स्वास्थ्य सामग्रीको माग गर्न लगाएका छौं, सरकारसँगै किटको अभाव छ भने हामीले परीक्षण गर्नुपर्‍यो भनेर कहाँ हुन्छ त ?’ उनको प्रतिप्रश्न थियो ।

पछिल्लो तथ्यांकअनुसार कचनकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ निवासी १५ जना पुरुषहरूमा संक्रमण देखिएको हो । उनीहरू सबै केही दिनअघि भारतबाट आएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x