कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको प्रमाण छ : राजेश हमाल (भिडियाेसहित)

नेपाली चलचित्रका अभिनेता राजेश हमालले  नेपाली जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्न नसक्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश प्रेसित गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा मुद्दा अब सरकारको विषय मात्र नभइअब हरेक नेपालीको रहेको बताएका छन्।


Advertisement

यी भूमिका लागि नेपालीहरु कुनै पनि हालतमा सम्झौता गर्न तयार नरहेको उल्लेख गर्दै हमालले भनेका छन्, ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरैथोरै केही माग गरेको छैन।’

 हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको र भारतले भूमि फिर्ता गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘ऐतिहासिक प्रमाणले भन्छ कि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो। छिमेकी राष्ट्र भारतसँग सत्यतथ्य, इतिहास हेरेर यो मुद्दासँग न्यायीक ढंगले व्यवहार गर्न अनुरोध गर्छौं।’


Advertisement

हेर्नुस् भिडियाे

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्