फेसबूकले अब मेसेन्जरको च्याट निगरानी गर्ने

फेसबूकले आफ्नो मेसेन्जर यापमा प्रयोगकर्ताहरूको च्याटलाई निगरानी गर्ने बिहीवार बताएको छ । स्मार्टफोन कम्युनिकेसन सिस्टमको सहायताले निगरानी गरेर फेसबूक प्रयोगकर्तालाई ठगीबाट जोगाउनका लागि यसो गर्न लागिएको हो । 

ठगको मेसेज च्याट बक्समा आएमा मेसेन्जर आफैंले सतर्क बनाउँछ । मेसेजहरूको निगारनीको काम आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरले गर्नेछ । 


Advertisement

मेसेन्जर यापमा प्रयोगकर्ताले कसैसँग च्याट गर्दा स्क्याममा फसाउने कुनै सन्देश देखिनेबित्तिकै फेसबूकले प्रयोगकर्तालाई सतर्क बनाउनेछ । फेसबूकका अनुसार, यो फीचर मेसेन्जर यापमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मार्च महिनादेखि नै आएको छ अनि अबको केही हप्तामा आईफोन प्रयोगकर्तामा पनि पुग्नेछ । 

फेसबूकको निजता तथा सुरक्षा उत्पादन व्यवस्थापन निर्देशक जे सुलिभानले यसको जानकारी दिँदै भने, ‘यसको सहायताले लाखौं प्रयोगकर्तालाई सहायता दिइनेछ र उनीहरूको निजतालाई हानि नगर्दै खतरनाक ठगीहरूबाट पनि बचाइनेछ । कहिलेकाहीँ प्रयोगकर्ताहरूले विश्वासिला मानिससँग च्याट गर्दै गर्दा ठगीको शिकार हुनुपरेको छ र ठगहरूको अकाउन्ट चिन्न पनि कहिलेकाहीँ गाह्रो पर्छ ।’


Advertisement

आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरले ठगहरूको अकाउन्ट बिहेवियरबाट पत्ता लगाउनेछन् । ठगहरूले अनेकथरी मेसेज पठाएर फरक फरक ठाउँका अनेकौं प्रयोगकर्तालाई तारो बनाउँछन् । 

नयाँ फीचरको सहायताले प्रयोगकर्तालाई कुनै स्क्याम सम्बन्धी सन्देश रिप्लाई गर्नुअघि नै सतर्क बनाइनेछ । यस फीचरले मेसेजमा के लेखिएको छ भन्ने कुरा चेक गर्नेछैन तर निजतालाई हानि नगरिकन सेफ्टी लेयर लगाएर यसले सुरक्षा दिनेछ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्