प्रदेश पाँचको बजेट अधिवेशन शुरू

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

प्रदेश पाँचको बजेट अधिवेशन शुक्रबार देखि सुरू भएको छ । प्रदेशको आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम शनिबार प्रस्तुत गरिँदै छ । पछिल्लो पटक प्रदेशसभाको अन्तिम बैठक गत चैत ५ गते बसेको थियो ।

छैठौं अधिवेशनको बैठकमा प्रदेशसभाका सांसदहरूले विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिकाका साथ लाग्न सरकारलाई आग्रह गरेका छ । कोरोना संक्रमित क्षेत्रमै रोग परीक्षण, उद्धार र व्यवस्थापन फितलो भएकोले बेलैमा ध्यान नदिए अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराए ।


Advertisement

उनीहरू भारतबाट आएर सीमामा रोकिएका नेपालीहरुलाई सुरक्षित रुपमा उद्दार गरी क्वारेन्टाइनमा राखेर कोरोना जाँच गर्न माग समेत गरे । कांग्रेसका सांसद वीरेन्द्र कनौडियाले भारतबाट आउने नागरिकलाई सीमावर्ती स्थानीय तहले मात्रै क्वारेन्टाइनमा राख्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

अर्का सांसद सहस्रराम यादवले कोरोना संक्रमण बढी फैलिएको क्षेत्रमै स्वास्थ्य परीक्षण गर्ने किट अभाव भएकाले समुदायसम्म फैलिएको कोरोना पहिचान हुन नसकेको गुनासो गरे । सांसद सन्तोषकुमार पाण्डेले कोरोना भाइरसको महामारी तत्काल रोकिने अवस्था नभएकाले अब सामाजिक दूरी कायम राखेर आर्थिक काम सुरु गर्न आग्रह गरे ।


Advertisement

राष्ट्रिय जनमोर्चाकी तारा जीसीले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनमा प्रदेशको भूमिका नदेखिएकाले नागरिकले प्रदेशको आवश्यकता नभएको बताइरहेको दाबी गरिन् । राष्ट्रिय जनता पार्टीकी कल्पना पाण्डेले सरकार प्रवासी नेपालीलाई सुरक्षित रुपले भित्राउने, संक्रमण आशंकाका व्यक्ति र संक्रमितको उपचारमा बेवास्था भएको बताइन् ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्