×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा पुनः थपिए ५ कोरोना संक्रमित, थुनुवामै देखिएपछि प्रहरी कार्यालय ‘सील’

जेठ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित निको भइ घर फर्केको केही सातापछि पुनः शुक्रबार एकैचोटी ५ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका ३, बैतडी १ र डडेल्धुराका १ जनामा गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

धनगढीस्थित प्रयोगशालामा भएको परिक्षण रिपार्ट अनुसार संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीका तीनै जना संक्रमित जानकी गाउँपालिकाका रहेका छन् । गाउँपालिका वडा ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएको खुलेको छ । वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए । उनी भारतको महाराष्ट्रबाट फर्किएको जनाइएको छ । उनीहरु तीनै जनालाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य २ जना गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो ।

Vianet communication
Laxmi Bank

जिप्रका बैतडी सील

थुनुवामा नै कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सील गरिएको छ ।

शिवनाथ गाउँपालिका १ का २२ वर्षीय संक्रमित युवक कर्तव्य ज्यान मुद्धामा प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए । उनीमा नै संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सील गरिएको हो । बैतडीका प्रमुख नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले थुनुवामा रहेका युवकका कोरोना पुष्टि भएपछि कार्यालय सील गरिएको बताए ।

संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी गरिएको छ । संक्रमित यूवा वैशाख १५ गते कर्तव्य ज्यानको मुद्धामा पक्राउ परेका थिए । भने चैत ६ गते उनी भारतबाट फर्केको प्रहरीले जनाएको छ । त्यस्तै, डडेलधुराका संक्रमित पुरुष सदरमुकामस्थित एक सरकारी कार्यालयमा कार्यरत रहेका छन् ।

हाल उनी सदरमुकाममै रहेको र थप बुझ्ने काम भैरहेको प्रहरीले जनाएको छ । कोरोना संक्रमित पाँचै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भैरहेको जनाइएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x