×

NMB BANK
NIC ASIA

सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही

जेठ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाले भ्रष्टाचार र आचरणसम्बन्धी कसूरमा ३ सैनिक अधिकृत तथा २ अन्यलाई सैनिक ऐन २०६३ अन्तर्गत कारवाही गरेको छ ।

Muktinath Bank

शुक्रवार साँझ जंगी अड्डाले एक विज्ञप्ति निकाल्दै ५ जनालाई कारवाही गरेको जनाएको हो । सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भ्रष्टाचार भएको भन्दै सेनाले कारवाहीको प्रक्रिया थाले बताएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नुहोस् विज्ञप्ति -


Advertisment
Nabil box
Kumari

आज मिति २०७७ जेष्ठ ०९ गते बसेको समरी जनरल सैनिक अदालतबाट श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ (तीन) जना सैनिक अधिकृत तथा २(दुई) जना अन्यदर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको छ ।

Vianet communication
Laxmi Bank

2.    श्री सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित श्री सैनिक आवासिय महविद्यालय,भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६।११।२३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा मिति २०७६।१२।०६ गते गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी मिति २०७७।०२।०६ गते भएको फैसला आज मिति २०७७।०२।०९ गते सम्बन्धितहरुलाई सुनाइएको छ ।

(क)   महा सेनानी भुपालमान अधिकारीले श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, 2063 को दफा 49 को खण्ड (क), दफा 52 को खण्ड (6) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) खण्ड (ग) र (घ) बमोजिम 2 (दुई) महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने । साथै निजले गैर-कानूनी रुपमा आर्थिक उपार्जन गरी लिए/खाएको ठहरिन आएको विगो रकम रु. 1,85,40,108।11 (एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा) असुल उपर गर्ने ।

(ख)   प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन, 2063 को दफा 49 खण्ड  को खण्ड (क), दफा 52 को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) खण्ड (च) बमोजिम २(दुई) बर्ष बढुवा

रोक्का गर्ने र निजबाट रकम रु. ४,40,000।00 (चारलाख चालीस हजार) असुल उपर   गर्ने ।

(ग)    हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐन, 2063 को दफा 52 को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) को खण्ड (घ) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने । साथै निजबाट रकम रु. 3,60,000।00 (तीन लाख साठी हजार) असुल उपर  गर्ने ।

(घ)    हुद्धा गणेश बहादुर अधिकारीले आर्थिक अनियमितता गरी सैनिक ऐन, 2063 को दफा ५२ खण्ड को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) खण्ड (झ) बमोजिम २(दुई) बर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने । साथै निजले हिनामिना गरेको रकम रु. 10000।00 (दश हजार) असुल उपर गर्ने ।

(ङ)    लेखा आ.सह-सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई सैनिक ऐन, 2063 को दफा 49 खण्ड  को खण्ड (क), दफा 52 को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) को खण्ड (ञ) बमोजिम नसिहत दिने ।

(च)   साथै सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको ।

३.     नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित सांगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने (Reversing Corruption)को कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलता (Zero Tolerance)को नीति लिएको ब्यहोरा समेत जानकारी  गराइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x