×

NMB BANK
NIC ASIA

विदेशमा १० नेपालीले कोरोनाबाट ज्यान गुमाए

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अहिलेसम्म विदेशमा १० जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

Muktinath Bank

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएकामध्ये १० जनाको कोभिड १९ बाट सङ्क्रमित भएर मृत्यु भएको हो । नेपाल सरकारले लकडाउन सुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना श्रमिकमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपालमा लकडाउन सुरु भएदेखि अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका १० जनाको कोभिड १९ कारण ज्यान गएको आधिकारिक जानकारी आएको बताउनुभयो । जसमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पाँच जना, साउदी अरेबियामा तीन जना, कतार र टर्कीमा एक÷एक जना गरी १० जनाको कोभिड १९ कारण ज्यान गएको उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले कोभिड १९ कारण ज्यान गुमाएका सबैको परिवारसँग सहमति लिएर सम्बन्धित देशमा शवको अन्त्येष्टि गरिएको जानकारी दिए । कोभिडका कारण कोही नेपाली श्रमिकको वदेशमा ज्यान गएमा अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कोभिडका कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै अन्त्येष्टि गर्नुको विकल्प छैन ।

Vianet communication
Laxmi Bank

बन्दाबन्दीले विदेशमा १९७ शव अलपत्र बोर्डका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १९७ जनाको शव उतै रोकिएको छ । बोर्डका अनुसार विभिन्न कारणले यस अवधिमा मलेसियामा ४४ जना, कुवेतमा ११ जना, बहराइन र दक्षिण कोरियामा तीन÷तीन जना, सेलेल्न्स, ओमानमा एक÷एक जनाले ज्यान गुमाएका छन् । नेपालमा लकडाउन सुरु भएदेखि यूएईमा ४६ जनाको मृत्यु भएकामा पाँच जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।

यस अवधिमा साउदीमा ४९ जनाको मृत्यु भएकामध्ये तीन जनाको मृत्यु कोरोनाबाट भएको छ । कतारमा मृत्यु भएका ४१ जनामध्ये एक जनाले कोभिड १९ का कारण ज्यान गुमाएको बोर्डले जनाएको छ । १० देशमा रहेका १९७ जना नेपाली श्रमिकको शव भने बन्दाबन्दी भएका कारण सम्बन्धित गन्तव्य देशमा रोकिएको छ । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले खाडी देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले तत्काल ती शव स्वदेश ल्याउनसक्ने अवस्था नरहेको बताए  । गोरखापत्र दैनिकमा खबर छ ।   

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x