×

NMB BANK
NIC ASIA

सीमाविद्को सीमाहीन खुसी : बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा सीमाहीन खुसी छाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नापी विभागको महानिर्देशकबाट ०४९ मा निवृत्त भए पनि बुद्धिनारायण देशको सेवाबाट निवृत्त भएनन् । उनले नेपाल सरकारको नियुक्तिको आस गरेनन्, एनजिओ–आइएनजिओको ‘कन्सल्ट्यान्ट’ भएनन् । स्वयंसेवी अभियन्ता बनेर अतिक्रमित क्षेत्रको भ्रमण गरे । चीन, बेलायत र अमेरिकाबाट ऐतिहासिक नक्सा संकलन गरेपछि उनले लिम्पियाधुरा समेटिएको नक्सा कोरेर किताबमा प्रकाशित पनि गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नापी विभागको महानिर्देशक हुँदा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समितिको १३औँ र १४औँ बैठकमा नेपालको नेतृत्व बुद्धिनारायणले गरेका थिए । आफूमातहतको कार्यसमूहमा कालापानीको नक्सामा विवाद भएको सम्झिन्छन् उनी । ‘कार्यसमूहमा नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मान्नुपर्ने तथ्य प्रमाण पेस ग¥यो, भारतले लिपुलेकबाट आएको खोलालाई काली नदी भनेर नेपाली भूमिमा आफ्नो दाबी दोहोर्यायो,’ उनी भन्छन्, ‘नेपालले सन् १८२७ र १८५६ को नक्सा पेस गर्यो, जसमा काली नदी लिम्पियाधुराबाट निस्किएको देखिन्छ । तर, भारतले १८७९ को नक्सा देखाएर लिपुलेकसम्म आफ्नो दाबी प्रस्तुत गर्यो, त्यसैले सहमति हुन सकेन ।’


Advertisment
Nabil box
Kumari

तत्कालीन सरकारले कालापानीको विषयलाई महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गर्ने कार्यादेश दिएको थिएन । त्यसैले कालापानी मुद्दा लामो समयसम्म छायामा पर्यो । तर, नापी विभागबाट अवकाश पाएपछि बुद्धिनारायण सरकारी ढर्राबाट पनि स्वतन्त्र भएका थिए । उनले आफैँ भूमिचित्र नाप–नक्सा कम्पनी स्थापना गरे । त्यहीँबाट उनी नापीसम्बन्धी महासंघको कार्यक्रममा सहभागी हुन लन्डन जाने मौका पाए । सन् १९९८ जुलाई १९ देखि अगस्ट २१ सम्म लन्डन रहँदा श्रेष्ठले सहर–बजार घुम्ने र सपिङ गर्ने समयलाई ब्रिटिस लाइब्रेरी गएर अध्ययनमा सदुपयोग गरे । विशाल लाइब्रेरीमा कैयौँ दिन लगाए, अन्ततः उनले सन् १८५६ अप्रिल २४ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सा फेला पारे । सो नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई रिभर काली भनिएको छ । नेपाललाई निपाल भनिएको सो नक्सा British Lybary, India office Records, Map collections Shelfmark number IOR.X/2996/1 मा अहिले पनि सुरक्षित छ ।

Vianet communication
Laxmi Bank

एक वर्षपछि सन् १९९९ मे १० देखि जुन २५ सम्म अमेरिका पुगेका सीमाविद् श्रेष्ठले वासिङटन डिसीस्थित लाइब्रेरी अफ कंग्रेसको भ्रमण गरे । उनले लाइब्रेरीको जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 रहेको नक्सा प्राप्त गरे, जो १८२७ मा ब्रिटिस भारतले प्रकाशित गरेको थियो । बेलायती संसद्अन्तर्गत इस्टइन्डिया कम्पनी सरकारका जलविज्ञानविज्ञ लेन्स होस्र्टले तयार पारेको यो नक्सामा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई नै रिभर काली भनेर लेखिएको छ । सुगौली सन्धिअनुसार काली नदी सीमानदी भएकाले त्योभन्दा पश्चिम भारत र पूर्व नेपाल हो भन्ने स्पष्ट हुन्छ ।

यी दुवै नक्सामा काली नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो । अमेरिका र लन्डनमा भेटिएका नक्साका आधारमा बुद्धिनारायणले निष्कर्ष निकाले, ‘लिम्पियाधुराबाट बग्ने नदी काली नदी हो । नेपालको पश्चिम सीमारेखा पनि त्यही हो ।’ ०५७ मा उनले नेपालको सिमानानामक पुस्तक प्रकाशित गरे, जसले मदन पुरस्कार पनि पाएको थियो । तर, उनी किताबबाट जनता जागृत गराउन मात्र होइन, नेपालको नीतिमा पनि हस्तक्षेप गर्न चाहन्थे ।

अमेरिकाबाट फर्केपछि बुद्धिनारायणले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रस्तुतीकरण गर्ने मौका पाए । बालुवाटारमा ओभरहेड प्रोजेक्टरबाट श्रेष्ठले प्रधानमन्त्री भट्टराईलाई लाइब्रेरी अफ कंग्रेसले छाप लगाएर दिएको नक्सासहित प्रस्तुति दिए । कार्यक्रममा ६ जना मन्त्री र सचिव, कांग्रेस नेता सुशील कोइराला, प्रधानमन्त्रीका मुख्य सल्लाहकार डा. नारायण खड्का र नापी विभागका उच्च अधिकृतद्वय राजाराम छतकुली र तीर्थ प्रधानांग पनि बालुवाटारमा सहभागी थिए ।

आफ्नो प्रस्तुतिबाट प्रधानमन्त्रीलाई जागृत गराउन पाएकोमा बुद्धिनारायण सन्तुष्ट थिए । ‘म यो विषयमा गम्भीर छु, आवश्य कदम चाल्छु भनेर भट्टराईले भन्नु पनि भएको थियो, तर उहाँले राजनीतिक कारणले दुई सातापछि नै राजीनामा दिनुपर्यो  यो,’ सम्झेर बुद्धिनारायण दुःखी हुन्छन् । तर, जो सरकारमा आए पनि दस्ताबेज बुझाउने काममा उनी अथक रूपमा लागे । भारतले गत १६ कात्तिकमा नयाँ नक्सा जारी गरेपछि पनि उनले वर्तमान उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उच्च अधिकारीलाई रक्षा मन्त्रालयमा गएर प्रस्तुति दिए । दुई महिनाअघि प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सैनिक अधिकारीलाई पनि जंगी अड्डामा प्रस्तुतीकरण दिए ।

आफूले प्राप्त गरेको दस्ताबेजका आधारमा नीति–निर्मातालाई घचघच्याउने मात्र होइन, थप दस्ताबेज खोज्ने अभियानमा उनी अहिले पनि सक्रिय छन् । पछिल्लोपटक चार महिना अमेरिका बसाइमा उनले थप ऐतिहासिक नक्सा प्राप्त गरेका छन् । यही मेसोमा उनले सन् १९४७ मा तत्कालीन इस्टइन्डिया कम्पनी सरकारले जारी गरेको नक्सा पनि फेला पारेका छन् । 

‘गत १६ कात्तिकमा भारतले जारी गरेको नक्सा आठौँ संस्करण हो । सन् १९४७ मा भारतले प्रकाशित गरेको सातौँ संस्करणको नक्सामा ‘एट इन्ड अफ ब्रिटिस पिरियड (ब्रिटिस समयको अन्तिममा) भनिएको छ,’ श्रेष्ठ भन्छन्, ‘त्यो नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी भनिएको छ ।’

सीमाविद् बुद्धिनारायण सन् २००६ सेप्टेम्बर १४ देखि १८ सम्म चीनको बेइजिङस्थित नेसनल लाइब्रेरी अफ चाइनामा पनि पुगेका थिए । एउटा कार्यक्रममा भाग लिन जापानको फुकुओका गएर फर्कने क्रममा उनी बेइजिङ पसेका थिए । ‘नेसनल ब्युरो अफ सर्भे एन्ड म्यापिङ ब्युरोको अभिलेखालयभित्र गएर अध्ययन गर्ने अवसर पाएँ । त्यहाँ पनि मैले सन् १९०३ को एउटा नक्सा फेला पारेँ,’ उनी भन्छन्, ‘छिङ डाइनेस्टीको पालामा तयार भएको नक्सामा पनि लिम्पियाधुराबाट निस्केको नदीलाई काली भनिएको छ । नक्सामा कालीपूर्वका गाउँहरू कुटी, नाभी, गुन्जी, कालापानी, नाभीडाङ, लिपुलेक भन्ज्याङलाई कालीपूर्व देखाइएको छ ।’

ब्रिटिस बिरासत बोकेको भारतले गत नोभेम्बर २ (१६ कात्तिक) मा तयार गरेको नक्सामा पनि काली नदी लिम्पियाधुराबाट बग्ने स्पष्ट उल्लेख गरेको छ । तर, नक्सा जारी भएको ६ दिनपछि ८ नोभेम्बरमा संशोधन गरेर काली नदी लेखिएको अक्षर मेटाइएको छ । ‘यसको अर्थ हो, भारत प्रमाणमा कमजोर छ । नेपालले संयमता र परिपक्वतापूर्वक भारतसँग वार्ता गर्नुपर्छ । हामीसँग प्रमाण बलियो भएकाले विवेक र तर्क गुमाउनुहुँदैन,’ उनी भन्छन्, ‘राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले उत्तेजित भएर वार्ताको वातावरण बिगार्नुहुँदैन, उत्ताउला कुरा गरेर भारतलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा ल्याउनुपर्छ र तथ्यका आधारमा नाजवाफ बनाउनुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x