×

NMB BANK
NIC ASIA

जब अध्याँरोमा जून देखियो...

जेठ १०, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : मन्त्री योगेश भट्टराईको ट्वीटरबाट
Premier Steels
Marvel

रमजानको अन्तिम शुक्रबार । इदको पूर्वसन्ध्यामा नमाज पढ्न उनी घरमै आइपुगे । नेपालगन्ज–८ का ३० वर्षीय उनले खजुरास्थित कोरोना अस्पतालको आइसोलेसन कक्षमा नमाज पढेनन् । रोजा पनि बसेनन् । नेपालगन्ज–७ का ६० वर्षीय व्यक्तिसँगै उनका भान्जा मदरसामा पढ्न जान्थे ।

Muktinath Bank

नेपालगन्जमा पहिलोपटक ती वृद्धमा संक्रमण पुष्टि भएको थियो । वृद्धको सम्पर्क पहिल्याउँदै जाँदा उनीसमेत भान्जा, उनकी आमा र बहिनीमा संक्रमण देखियो । आइसोलेसन सेन्टरमा तीन साता सकसपूर्ण तरिकाले बिताए । शारीरिक रूपमा ठिकै भए पनि मानसिक रूपमा ‘गलेको’ उनले बताए । ‘मनमनै डर लागिरहेको थियो,’ उनले भने, ‘आफ्नो भन्दा परिवारको चिन्ता बढी थियो ।’ घरमा बहिनी एक्लै थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सकले आएर बिहीबार राति ‘अब तपाईं घर फर्कंदै हुनहुुन्छ’ भनेपछि उनी रातभरि सुत्न सकेनन् । टोलमा फर्किएपछि स्थानीयको स्वागतले झन् उत्साहित तुल्यायो । ‘कुनै युद्ध जितेर आएजस्तो लाग्यो,’ उनले भने, ‘हुन त कोरोनालाई जितेर आएको हुँ ।’ दैनिक मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका थिए । घर आएपछि परिवार कसरी चलाउने भन्ने चिन्ता लागेको छ । ‘काम गर्ने मान्छे कोठाभित्र थुनिएर बस्नु परेको थियो,’ उनले भने, ‘अहिले सबै जना निको भएर आयौं, खुसी लागेको छ ।’


Advertisment
Nabil box
Kumari

चिकित्सकले दुई सातासम्म घरभित्रै बस्न सल्लाह दिएका छन् । घरमा के गर्ने ? के नगर्ने सम्पूर्ण कुरा सम्झाएर पठाएका छन् । ‘सामाजिक दूरीमा ध्यान दिन भन्नुभएको छ,’ उनले भने, ‘आफूलाई बचाउन आफैंले सावधानी अपनाउनुबाहेक विकल्प रहेनछ ।’

Vianet communication
Laxmi Bank

उनीहरू आउँदो आइतबार वा सोमबार इद मनाउँदै छन् । ‘सायद आइतबार नै इदको सम्भावना छ,’ हल्का मुस्कानमा उनले भने, ‘हामीले आजै चाँद देख्यौं ।’

नेपालगन्ज–८ का ५७ वर्षीय वृद्धले २० दिनसम्म घामको झुल्को देख्न पाएनन् । शुक्रबार कोरोना जितेर सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाहिर जेठको गर्मी पनि उनलाई न्यानो लाग्यो । ‘आज तो धुप भी अच्छा लगा,’ उनले भने, ‘जीवन मे नयाँ अनुभव हुवा ।’ संक्रमण पुष्टि भएपछि आत्तिएका थिए । अस्पतालमै थलिने चिन्तामा थिए । छोरी र पत्नीसहित कोरोना अस्पतालमा तीन साता बिताएका नेपालगन्ज–८ का ३७ वर्षीयले आइसोलेसनमा खान, बस्न र दिन बिताउन सहज वातावरण रहेको सुनाए । आफू सुरुमा निराश रहेको उनले बताए । ‘आइसोलेसनमा बस्नु भनेको आफू पनि सुरक्षित हुनु र अरूलाई पनि बचाउनु रहेछ,’ उनले भने, ‘आज निको भएर घर फर्किन पाउँदा ठूलो युद्ध जितेको महसुस भएको छु ।’

शुक्रबार अस्पताल परिसरमा सात वर्षीया बालिकाले पनि कोरोना भाइरसलाई पराजित गरेर घर फर्कंदै गर्दाको दृश्यले सबैलाई भावुक बनायो । उनको दायाँ हातमा चिकित्सकले दिएको फूल, बायाँ हातमा कोरोना जितेको स्वास्थ्य रिपोर्ट थियो । झोला भिरेकी थिइन् । चिकित्सक र नर्सले खादा लगाएर अस्पतालबाट बिदाइ गरेपछि खुसीको सीमा रहेन । ‘डाक्टरले रोग ठीक भइसकेको छ भन्नु भो । अब घर जान्छु । मम्मीलाई भेट्छु,’ उनले भनिन्, ‘धेरै दिन भो मम्मीलाई भेटेकी छैन ।’

एक वर्षीय छोरालाई आफूसँगै अस्पतालमा राखेर कोरोना पराजित गरेकी अर्की महिला अस्पतालबाट बाहिरिँदै गर्दा भावुक बनिन् । आमा संक्रमित भए पनि बालकमा संक्रमण थिएन । तर, आमाले बच्चालाई आफूसँगै राखिन् । परीक्षणमा बालकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालबाट बाहिरिँदा उनले काखमा छोरा बोकेकी थिइन् । बालक मुस्काइरहेका थिए । बालक ‘खिलखिलाए’पछि अस्पतालको वातावरणमै खुसीयाली छायो । चिकित्सकहरूले कोरोना नेगेटिभ छोरालाई सँगै नराख्न सुझाएका थिए । आमाले दुधे बालक छोड्न नसक्ने अडान लिएपछि चिकित्सकको केही लागेन । ‘म पनि ठीक भइसकें, छोरा पनि ठीक छ,’ उनले भनिन् । शुक्रबार कोरोना जितेर घर फर्कनेमा एक जना गर्भवती पनि छन् ।

यहाँ नेपालगन्ज–७ का ६० वर्षीय पुरुषमा सुरुमा कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङ गरेपछि ती व्यक्ति आउजाउ गर्ने नेपालगन्ज–८ जोलहनपुर्वाका २४ जनामा संक्रमण पाइएको हो । यहाँ समुदायमा संक्रमण फैलिएपछि त्रासको वातावरण थियो । दुई वडाका गरेर २५ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये २१ जना २१ दिनपछि कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

६० वर्षीय पुरुषमा पहिलोपल्ट संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरमा खैलाबैला मच्चिएको थियो । संक्रमित व्यक्ति बस्ने वडा ७ र उनी दैनिक आउजाउ गर्ने वडा ८ जोलहनपुर्वामा ट्रेसिङ गर्दा सात वर्षीया बालिकासहित २५ जना संक्रमित पाइए । जोलहनपुर्वाका स्थानीय स्तब्ध भए । टोल सिल गरियो । आइसोलेसन वार्डमा राख्न खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लैजाँदा संक्रमितहरू त्रस्त थिए ।

स्थानीय पनि संक्रमणको डरले घरभित्रै सीमित भए । संक्रमितसँग बोल्नसमेत डराएका थिए । तर, शुक्रबार त्यही टोलका २१ जना कोरोना जितेर घर फर्किने खबरले स्थानीयमा खुसीको सीमा रहेन । बिहानै स्थानीय स्वागतको तयारीमा जुटे । घर फर्कनेलाई फूलमाला लगाइदिए । ढोल, बाजा बजाएर भव्य स्वागत गरे । जोलहनपूर्वामा ठूलो स्वागतद्वार नै बनाइएको थियो ।

कोरोना जितेर घर फर्किनेको खुसीको सीमा थिएन । त्यसअघि उपचारमा खटिएका चिकित्सक र स्वास्थ्कर्मीले पनि क्यान्सर अस्पतालबाट बिदाइ गर्दा खादा लगाइदिनुका साथै फूलका गुच्छा दिएका थिए । चिकित्सकको स्वागतले उनीहरूलाई भावुक बनायो । कोरोनासँगको युुद्धमा सफलता पाएका व्यक्तिलाई भेट्न आफन्त र परिवार पुगेका थिए । ‘अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार गर्नु भो । खानपिन र बस्न निकै राम्रो छ । हामीलाई जोगाउने सबैलाई धेरैधेरै धन्यवाद छ,’ घर फर्किरहेका एक युवकले भने, ‘घर फर्किएपछि केही दिन आराम गर्छु । कोरोनाबारे जनचेतना फैलाउने काममा लाग्छु ।’
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले उपचारपछि २१ जनालाई घर पठाउन पाएकामा निकै खुसी लागेको बताए । उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई उनले धन्यवाद दिए । ‘कोरोनाको लडाइँमा सबै एकजुट हुन सके जित्न सकिन्छ,’ उनले भने । स्थानीय अगुवा शम्सुद्दिन सिद्दिकीले कोरोना पराजित गर्ने स्थानीयको भव्य स्वागत गरिएको बताए । ‘हामी टोलबासी निकै खुसी छौं,’ उनले भने ।

दोस्रोपटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरूलाई शुक्रबार घर पठाइएको भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले बताए । संक्रमितको उपचारमा अस्पताल प्रमुख थापा र पाण्डे खटिने गरेका छन् । घर फर्किनेमा नौ महिला र १२ पुरुष छन् । पहिलो संक्रमित ६० वर्षीय वृद्ध पनि निको भएर फर्किएका छन् ।कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x