×

NMB BANK
NIC ASIA

हिजो दिनभर : संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता, मुलुकभर कोरोना संक्रमितको संख्या ५ सय १६ पुग्यो

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ नक्सासहितको निशान छापका लागि संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

नेपालको नयाँ नक्सा जारी भएको सन्दर्भमा संविधान संशोधनका लागि संघीय संसद्‍मा विधेयक दर्ता भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन विधेयक संघीय संसद्‍ सचिवालयमा दर्ता भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निशान छापमा नेपालको नक्सा अंकित छ । त्यसमा रहेको पुरानो नक्सा हटाएर नयाँ नक्सा अंकित गर्नका लागि संवधिान संशोधन गर्ने निर्णय शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सोही निर्णयबमोजिम शुक्रवार दिउँसो ३ बजे विधेयक संसद्  सचिवालयमा दर्ता भएको हो ।

Vianet communication
Laxmi Bank

इद उल फित्रका दिन सार्वजनिक विदा

सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक रूपमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बताए ।

आजैको बैठकले संविधानको अनुसूची ३ मा रहेको निशान छापलाई संशोधन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही नक्सा अनुसार निशान छाप संशोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।

शुक्रवारको बैठकले यसअघि सरकारले खारेज गरेको दल विभाजन खुकुलो बनाउने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई ध्यानमा राखी साविककै व्यवस्था जगाउने प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ ।

नयाँ नक्साअनुसार निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने सरकारको निर्णय

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर हालै जारी गेरको नक्साअनुसार निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने तयारी गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

‘संविधानको अनुसूची ३ मा रहेको निशान छापलाई संशोधन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको हो,’ ती मन्त्रीले लोकान्तरलाई भने ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो । बुधवार भूमिसुधार मन्त्रालयले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो ।

सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधानको अनुसूची संशोधन गर्न अबिलम्व संविधान संशोधन विधेयक संसदमा ल्याउने र सो पारित भएको दिन देशमा दीपालवी हुने विश्वास व्यक्त गरेका थिए ।

मुलुकभर कोरोना संक्रमितको संख्या ५ सय १६ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप नौ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले शुक्रवार साँझ एक विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको संख्यामा ९ थपिएको जानकारी दिएका छन् । 

डाक्टर अधिकारीले दिएको जानकारीअनुसार हेटौंडा र भक्तपुरका ५४ र ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष, बारा सीमरनगढ नगरपालिकाका ६ जना पुरुषमा संक्रमण पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ सय १६ पुगेको छ । 

तीन दिनमा ३३ संक्रमितले जिते कोरोना, अस्पतालको औसत बसाई २० दिन ८ घण्टा

कोभिड–१९ को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आजमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो ।

बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चारजना काठमाडौँबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए । अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा अधिकारीले बताए ।

उनका अनुसार सङ्क्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा रहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारपश्चात् घर फर्किएका मध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना रहेका छन् ।

बिहीबार काठमाडौँकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए । बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए ।

चीनको वुहानबाट आएका पहिलो सङ्क्रमित २२ दिन अस्पतालमा उपचार गराएर सञ्चो भएका थिए । गत माघ ९ गते सङ्क्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए । यसैगरी दोस्रो सङ्क्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् ।

गत चैत १० गते सङ्क्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सङ्क्रमितमा दुई किसिमले पूर्णरुपमा स्वस्थ अवस्थामा घर फर्किने बताए ।

उनका अनुसार पहिलो ४८ घण्टामा दुईपटक कोभिड–१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल्लीरुपमा सङ्क्रमितमा कुनै समस्या नभएपछि मात्र घर फर्किइने छ ।

‘सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर सङ्क्रमितलाई आइसोलेशनमा राखिन्छ,’ उनले भने, ‘कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ ।’

उनका अनुसार खोकी, स्वासप्रस्वासमा समस्या नआउने, ज्वरो, थकाई नलाग्ने, पेट नदुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएपछि सङ्क्रमितको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्किइने छ । घर फर्किएपछि पनि सङ्क्रमितमा फेरि पनि सङ्क्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ ।

उनले पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड–१९ परीक्षण गरिने बताए ।

‘अहिलेसम्म हामीले बिरामीको लक्ष्यणका आधारमा औषधि चलाएका छौँ । गम्भीर औषधि चलाउनुपरेको छैन,’ उनले भने, ‘ज्वरो, रुघाखोकी, पेट दुख्ने सामान्य प्रकारको औषधिबाट सङ्क्रमित निको भएका छन् ।’ हालसम्म ४८७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x