×

NMB BANK
NIC ASIA

अभिनेत्रीलाई काजलको फेसन : प्रियंकालाई सारी र लेहंगा, केकीलाई के ?

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फेसन डिजाइनर काजल शर्मा विगत एक दशकदेखि यो पेसामा छिन् । काठमाडौंको कुपण्डोलमा ‘काजल क्रिएसन’ फेसन स्टुडियो सञ्चालन गर्दै आएकी शर्माले थुप्रै नेपाली चलचित्रमा फेसन डिजाइन गरिसकेकी छन् ।
चलचित्रमा मात्र होइन, उनी व्यत्तिगत रूपमा पनि नायिकाहरूको फेसन डिजाइन गर्छिन् । उनले डेढ दर्जनभन्दा बढी चलचित्र र २५० भन्दा बढी म्युजिक भिडियोमा फेसन डिजाइन गरिसकेकी छन् । चलचित्र तथा म्युजिक भिडियाको दृश्यबारे निर्देशकले जानकारी गराएपछि आवश्यक फेसन उनी आफैं डिजाइन गर्छिन् । आफूले काम गरेको फिल्मको अभिनेत्रीमध्ये पाँच अभिनेत्रीलाई कस्तो फेसन सुहाउँछ भन्नेबारे शर्माले राजधानीलाई जानकारी गराएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रियंकालाई सारी, चोली र लेहंगा
काजलको हेराइमा अभिनेत्री प्रियंका कार्कीलाई सारी, चोली र लेहंगा चोली सुहाउँछ । अभिनेत्री प्रियंका ‘स्लिम’ छिन् । उनको शरीर निकै आकर्षक र उचाइ पनि त्यतिकै राम्रो छ । लाम्चो मोहडाको मुहार भएकी प्रियंकालाई सारीमा सबैभन्दा राम्री देखिने गरेको पनि काजलको भनाइ छ । उनले चलचित्र ‘छक्का पञ्जा’को शृंखलामा काम गर्दा प्रियंकाका लागि थुप्रै सारी चोली र लेहंगा बनाएकी थिइन् । हुन त यी नायिकालाई सबै प्रकारको कपडा सुहाउने भए पनि सारी, चोली र लेहंगामा उनी निकै आकर्षक देखिने गरेको पनि काजलको कथन छ । चलचित्र छक्का पञ्जा १ र छक्का पञ्जा २ मा सारीमा उनलाई साह्रै सुहाएको पनि काजलले बताएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षा राउतलाई लङ गाउन
काजल शर्माले अभिनेत्री वर्षा राउतसँग पनि काम गरिसकेकी छन् । अभिनेत्री वर्षाका लागि उनले थुप्रै म्युजिक भिडियोमा फेसन डिजाइन गरिसकेकी छन् । उनको हेराइमा अभिनेत्री वर्षा गोलो मोहडाकी छिन् । उचाइ र शारीरिक बनावटअुनसार राउतलाई सबैभन्दा बढी ‘लङ गाउन’ सुहाउने गरेको पनि काजलले बताएकी छन्, ‘वर्षाको फेस क्युट छ । शारीरिक बनोट पनि आफ्नै प्रकारको छ । विभिन्न पार्टी समारोहमा जाँदा उनलाई म लङ गाउनमै जान सल्लाह दिन्छु ।’


Advertisment
Nabil box
Kumari

साम्राज्ञीलाई मिड टप्स र जिन्स
यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह क्याजुअल ड्रेसमा आकर्षक देखिने गरेको काजलले बताएकी छिन् । स्लिम आकर्षक शारीरिक बनोटले गर्दा अभिनेत्री साम्राज्ञीलाई ‘लङ पिस’ मा पनि आकर्षक देखिने काजलको भनाइ छ । साम्राज्ञी जस्तो सुन्दर शरीर भएकालाई प्रायः सबै प्रकारको कपडा सुहाउने काजलले बताइन् । चलचित्र रातो टीका निधारमामा काम गर्ने क्रममा उनले साम्राज्ञीको ड्रेस सेन्सबारे बुझ्नो अवसर पाएकी हुन् ।
यस्तै, साम्राज्ञीलाई क्याजुअलमा ‘मिड टप्स’मा आउटरसहितको जिन्स साह्रै आकर्षक देखिने पनि काजलले बताइन् । क्याजुअल ड्रेसमा झन् स्मार्ट देखिने अभिनेत्री सामाज्ञीलाई पनि अर्की अभिनेत्री प्रियंका जस्तै सारी चोली राम्रो सुहाउने गरेको पनि यी डिजाइनरको कथन छ ।

Vianet communication
Laxmi Bank

केकीलाई सारी, चोलो र गाउन
अभिनेत्री केकी अधिकारीलाई क्याजुअल ड्रेसभन्दा गाउनमा आकर्षक देखिने गरेको पनि काजलको भनाइ छ । ‘केकीलाई कुनै पनि समारोहमा जाँदा लङ गाउनमा सजिएर जान म सिफारिस गर्छु । त्यसो त उनलाई मिड गाउन पनि सुहाउँछ । तथापि उनको शारीरिक बनोट हेर्दा लङ गाउन नै बढी आकर्षक देखिन्छ,’ काजलले भनिन्, ‘लक डगाउनको अल्टरनेटमा केकीलाई म सारी र चोलीको सिफारिस गर्छु । केकीलाई सारी र चोलीमा पनि त्यत्तिकै सुन्दर देखिन्छ ।’
चलचित्र ‘छ माया छपक्कै’ र थुप्रै भिडियोका लागि केकीको फेसन डिजाइन गर्ने क्रममा काजलले उनको फेसनबारे बुझ्ने अवसर पाएको बताइन् ।

वर्षालाई लङ मिडी, चोली र जमसुट
वर्षा शिवाकोटीको विभिन्न भिडियामा फेसन डिजाइन गरेको काजलले बताइन् । वर्षालाई जमसुट साह्रै सुहाउने गरेको उनले बताइन् । ‘वर्षालाई म जमसुट नै सिफारिस गर्छु,’ काजलले भनिन् । अभिनेत्री वर्षा शिवाकोटीलाई उनले लङ मिडी चोली पनि सिफारिस गरेकी छन् । राजधानी दैनिकमा खबर छ ।।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x