×

NMB BANK
NIC ASIA

पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गर्न माग

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले लामो समयदेखि रिक्त उपकुलपति र रजिस्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ ।

Muktinath Bank

संघले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेको भन्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघका अध्यक्ष सञ्जीव थापाद्वारा शनिवार हस्ताक्षरित विज्ञप्तिमा देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भनिएको छ ।


Advertisment
Nabil box
Kumari

कोरोनाको संक्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

Vianet communication
Laxmi Bank

रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्ति गर्न समेत माग गर्दै विज्ञप्तिमा पदपूर्ति गर्न विभिन्न बहानामा थप ढिलाइ नगर्न र हजारौं विद्यार्थीको भविष्य अन्योलमा नपार्न आग्रह गरिएको छ । 

विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारीका बेला कत्ति विचलित नभई सुरक्षाका विधि अपनाउँदै सुरक्षित रहन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई आग्रहसमेत गरिएको छ । 

पोखरा विश्वविद्यालयमा विगत ८ महिनादेखि उपकुलपति र रजिस्ट्रार पद रिक्त छन् भने २०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न संकायका डीन र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x