कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
कोरोना संक्रमित खोटाङका १ युवकका परिवारसहित ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
काठमाडौंबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनका ८ जना परिवार, उनीसँगै बसमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको स्वाब संकलन गरेर परीक्षण गर्न विराटनगर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगर प्रमुख इवन राईले जानकारी दिए ।
‘काठमाडौंबाट उद्धार गरेर ल्याइएकामध्ये ३३ जनाको स्वाब संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा एक युवकको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो,’ उनले भने, ‘१ जनाको रिपोर्ट पोजेटिभ आएसँगै अन्य व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्न संक्रमित युवकसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा पुगेका ४३ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।’
जिल्लामा १ युवकमा संक्रमण भेटिएपछि संक्रमित युवकसँग सम्पर्कमा पुगिसकेका अन्य व्यक्तिको पनि पहिचान गरेर पीसीआर परीक्षण गर्न कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
बन्दाबन्दीको मारमा परेका स्थानीय वासिन्दालाई हलेसी नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउने क्रममा राई थरका युवक बा४ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए । सो बसमार्फत ५१ जना यात्रा गरेर जिल्ला आएकामा उनीसहित ३८ जना सोही नगरपालिका भित्रिएका वडाध्यक्ष चइन्द्र राईले जानकारी दिए ।
काठमाडौंस्थित पेप्सीकोला बसेर एक फाइनान्समा काम गर्दै आएका उनी होम क्वारेन्टाइनबाट निस्किएपछि गाउँकै आहाल निर्माण, खानेपानीको ट्यांकी सरसफाइ लगायतका सामाजिक काममा खटिएका थिए । आहाल खन्ने क्रममा १२ जना र ट्यांकी सफा गर्दा १५ जनाभन्दा बढी छिमेकीसँग उनको प्रत्यक्ष सम्पर्क भएको जनाइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...