×

NMB BANK
NIC ASIA

नेपाली सेनामा उच्च तहको भ्रष्टाचारमाथि अनुसन्धान

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाले संगठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृत सहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा ल्याएको छ ।

Muktinath Bank

प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनमा  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरूलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसूर गरेको अभियोगमा ३ अधिकृतसहित ५ जनालाई दोषी ठहर्‍याइ कारवाही गरेको छ ।


Advertisment
Nabil box
Kumari

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानविन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएकामा उसले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

Vianet communication
Laxmi Bank

महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रवार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै १ करोड ८५ लाख ४० हजार रुपैयाँ असुलउपर गर्ने निर्णय सुनाएको छ ।

प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अनियमितता गरेको ठहर गर्दै अदालतले २ वर्ष बढुवा रोक्का गरी निजबाट ४ लाख ४० हजार रुपैयाँ असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट बर्खास्त गरी अनियमित भएको ३ लाख ६० हजार रुपैयाँ असुलउपर गर्ने  फैसला गरेको छ ।

हुद्दा गणेशबहादुर अधिकारीले आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठहर्‍याइ अदालतले २ वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी १० हजार रुपैयाँ असुलउपर गर्ने निर्णय गरेकोे हो । अदालतले सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै नसिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।
 
सेनाले  पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा दण्डहीनता अन्त्यका लागि सेनाले अनुशासन र आचरण विपरीत गर्नेमाथि छानविनको दायरा बढाएको जनाएको छ । यसैबीच भ्रष्टाचार कार्यमा संलग्न भएकै आरोपमा सेनाले सहायकरथी प्रयोगजङ्ग राणालाई पनि अनुसन्धानको दायरामा ल्याएको जानकारी प्राप्त भएको छ ।

यसैबीच सैनिक मुख्यालले बलाधिकृतरथी शरद गिरी, उपरथी झंकर कडायत र आनन्द अधिकारीको अध्यक्षता बेग्लाबेग्लै  कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी विभिन्न घटनामा भ्रष्टाचार र अनियमिततको आरोप लागेकामाथि अनुसन्धान र छानबिन गरिरहेको थाहा भएको छ । संगठनभित्र आर्थिक अनियमितताको अभियोग खेप्नुपर्ने आशंका गरेर केही उच्च सैनिक अधिकृतले राजीनामा दिएर घर बसेपनि उनीहरूलाई अनुसन्धान दायरामा ल्याएर छानबिन भइरहेको जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x