×

NMB BANK
NIC ASIA

कोरोनाकालको समाज : पाहुनालाई स्वागत–सत्कार होइन, १ हजार जरिवाना !

जेठ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पहुनी खान जाने (पाहुना) संस्कार र खेझरी (खाझुर) टिप्न जानेबाट कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि कैलाली जिल्लाको एउटा वडामा प्रवेश निषेध गरिएको छ ।

Muktinath Bank

निषेध मात्रै होइन, नव आगन्तुकले गाउँ प्रवेश गरे वा गराउनेलाई दण्डित गर्ने नियम समेत लागू गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको घोडाघोडी नगरपालिका–१२ लाई महामारीबाट जोगाउन कडा नियम लागू गरिएको छ । खोपा, कोटा, शान्तिनगर, शिवपुर, बनबर्सा, गुरही, नक्फोरुवा गाउँ समावेश भएको वडालाई महामारीबाट जोगाउन वडा कार्यालयले नै बाह्य आगन्तुकलाई गाउँ तथा वडाभित्र प्रवेशमा पूर्णतया रोक लगाएको छ ।


Advertisment
Nabil box
Kumari

जसको मुुख्य कारण हो – समुदायमा भएको पहुनी खाने जाने संस्कार र खेझरी टिप्न जानेको भीडभाड । भीडले गाउँमा आवतजावत बढी हुन थालेपछि जारी भएको दण्डित गर्ने नियमले आजभोलि भीडभाड नियन्त्रण भएको छ ।

Vianet communication
Laxmi Bank

वडाध्यक्ष पर्नाकुमार चौधरी वडाभित्र प्रवेश निषेधको कारण खुलाउँदै भन्छन्, ‘हाम्रो वडा वसन्ता संरक्षित वन अर्थात् बरका बनुुवा (ठूलो वन) सँगै जोडिएको क्षेत्र हो । यहाँ बहुसंख्यक थारु जातिको बसोबास छ । थारु समुदायमा एक गाउँबाट अर्को गाउँमा रहेका आफन्त कहाँ पहुना/पहुनी खान जाने संस्कार उहिलेदेखिको हो । वैशाखदेखि जेठको समयावधिमा वनमा अत्याधिक पाक्ने खेझरी टिप्ने र टिप्ने बहानामा गाउँमा पहुनी खानेको भीड लाग्न थालेपछि निषेध गरेका हौं ।’

वडा कार्यालयले नै दण्ड गर्ने नियम लागू गरेको छ । खेझरी टिप्ने बहानामा टीकापुर, भजनी, लम्की, सुखडलगायत क्षेत्रबाट आउनेहरूको भीड लाग्न थालेपछि वडा नै महामारीको जोखिममा परेको वडाध्यक्ष चौधरीले बताए ।

भलमन्सा र युवाको नियन्त्रणमा वडा

वडाध्यक्ष चौधरी भन्छन्, ‘वडाभित्र बाह्य आवागमन अत्याधिक धेरै थियो । दैनिक संयौं बाह्य क्षेत्रका मानिस वडा क्षेत्रभित्र जरुरी काम विनै आउँथे । कसरी जोगाउने भनेर मलाई बहुत चिन्ता लाग्थ्यो । जोखिम बढेपछि वडाभित्रका सबै गाउँका भलमन्साहरू र युवाको भेला गर्‍यौं र परिचालन गरेका हौं । नियमको उल्लंघन गर्ने तथा प्रवेश गर्ने वा गराउनेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने नियम बनाएका छौं ।’

वडालाई जोगाउन वडाभित्र प्रहरी प्रशासन होइन, भलमन्सा र युवाहरू परिचालन गरिएका छन् । ७ गाउँभित्र ७१५ घरधुरी रहेको वडामा ४ हजार ५८२ जनाको बसोबास रहेको घोडाघोडी नगरपालिकाले जनाएको छ । 

पश्चिम तराईको थारु बस्तीमा हरेक वर्षको माघमा नयाँ नेतृत्व स्वरुप भलमन्सा (गाउँ प्रमुख) लगायत चयन गर्ने तथा अनुमोदन गर्ने प्रचलन रहँदै आएको छ । सो प्रथाजन्य संस्कार अनुसार भलमन्साको सहयोगमा हालको महामारीबाट जोगाउने प्रयासमा वडा कार्यालय जुटेको छ ।

वडाध्यक्ष भन्छन्, ‘वडालाई जोगाउन गाउँका भलमन्साहरू परिचालन गरेका छौं । थप प्रभावकारी बनाउन सुनौलो युवा सञ्जालमार्फत युवा परिचालन गरेका छौं । नयाँ मान्छेलाई देख्ने बित्तिकै आवश्यक सोधपुछ हुन्छ । अहिलेसम्म यसरी नै वडालाई जोगाएका छौं ।’

बाह्य क्षेत्रबाट आउने मानिसलाई प्रवेश निषेध गरिएको वडामा अतिआवश्यक काम परेको बेला कसरी व्यवस्थापन गरिन्छ भन्ने लोकान्तरको जिज्ञासामा वडा अध्यक्ष चौधरी भन्छन्, ‘जरुरी कामै परिहाल्यो भने यथार्थ कुरा पहिले बुझ्छौं । त्यसपछि प्रवेश दिन्छौं तर घरभित्र प्रवेश गराउने काम चाहिँ कुनै पनि हालतमा बन्द गरेका छौं । बास बसाउने कार्यमा रोक लगाएका छौं । कोही इस्टमित्रहरू पहुनाको रुपमा आए घर बाहिरै खुवाएर पठाउन भनेका छौं । त्यसै अनुसार गाउँलेहरू गर्दै आएका छन् ।’ जेठदेखि प्रवेश निषेध गरेको वडामा हालसम्म जरिवाना भने कसैलाई नगरिएको बताइएको छ । 

खोपा गाउँका स्थानीय बृद्धिजीवी नारायण चौधरीले भने, ‘वनमा खेझरी टिप्न आउने र गाउँमा पहुनी खान बस्ने क्रम रोकिएपछि सुरक्षित महसूस गरिरहेका छौं तर कहिलेकाहिँ जरुरी काम भएर आउनेहरू समस्यामा पर्ने गरेका छन् । तथापि समयको गम्भीरयतालाई बुझ्न र बुझेर काम गर्न आग्रह गर्दै आएका छौं ।’ वडा कार्यालयले महामारी नियन्त्रणमा नआएसम्म वडा क्षेत्रमा प्रवेश निषेध जारी राख्ने बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x