बर्दियाका भारतबाट आएका पुरुषमा  संक्रमण

बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । 


Advertisement

संक्रमितलाई उपचारका लागि कहाँँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौँमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्