कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
त्रिदेशीय सीमा क्षेत्र रहेको व्यासस्थित छाङ्गरु र तिङ्करमा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग उठ्न थालेको छ। सामरिक महत्वको व्यास गाउँपालिका- १ मा सरकारी कार्यालयको स्थापना गर्नुपर्ने माग उठेको हो।
भारतले कालापानी क्षेत्रमा अतिक्रमण गर्न थालेपछि अहिले यो क्षेत्रमा नेपालको बलियो उपस्थिति हुनुपर्ने आवाज उठ्न थालेको हो। सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा आफ्नै भूमि भएर गाउँ जाने सपना बल्ल पूरा हुने आशा पलाएको भन्दै थप यस क्षेत्रमा सरकारको बलियो उपस्थितिको पर्खाई रहेको उल्लेख गरे।
‘छाङ्गरु र तिङ्करवासीको वर्षौंको सपना पूरा हुने क्रममा छन्,’ उनले भने। व्यासीको सपना पूरा गर्र्ने क्रममा रहको भन्दै नेपाल सरकारलाई उनले धन्यवाद दिए। यो क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरीको उपस्थिति भएको छ। छाङ्गरुको गागामा गत वैशाख ३१ गते बोर्डर आउट पोष्ट स्थापना गरिएको हो।
‘अब यो क्षेत्रमा सीमा प्रशासन कार्यालय, भन्सार कार्यालय र भेटनरी कार्यालय स्थापना हुनु जरुरी छ,’ प्रदेशसभा सदस्य बोहराले भने, ‘यी कार्यालय स्थापनाका लागि सरकारसँग विशेष ध्यानाकर्षण गराउँछु।’ सामरिक महत्व बोकेको अपि नाम्पा संरक्षण क्षेत्र, त्रिदेशीय नाका र धार्मिक हिसाबले यो क्षेत्र निकै प्रभावकारी रहेको भन्दै सरकारले यो क्षेत्रको विकास निर्माणमा चासो दिनुपर्ने व्यासीको माग छ।
व्यासको छाङ्गरु र तिङ्करमा द्वन्द्वकालअघिसम्म रहेका सरकारी कार्यालय पुनःस्थापना आवश्यक रहेको व्यासीको भनाइ छ। द्वन्द्वकालअघिसम्म सीमा प्रशासन कार्यालय, छोटी भन्सार कार्यालय व्यासमै थिए। अहिले भन्सार कार्यालय पुनःस्थापना गरिएको छैन भने सीमा प्रशासन जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको छ।
व्यासमा रहेका दुवै विद्यालय अहिले बन्द छन्। यी विद्यालय अहिले सदरमुकाम खलङ्गामा सञ्चालनमा छन्। स्वास्थ्य चौकी र वडा कार्यालय छ महिना व्यास र छ महिना खलङ्गा झर्ने गरेका छन्। स्वास्थ्यकर्मीको बाह्रैमास उपस्थिति हुने भएपछि स्वास्थ्य चौकी पनि व्यासमै आवश्यक हुने व्यासका स्थानीय जहेन्द्र ऐतवालले बताए।
उनले भने, ‘राज्यले अब केही सरकारी कार्यालय बाह्रैमास बस्ने गरी व्यवस्थापन गर्नुपर्छ, यो नाका तिङ्कर हुँदै चीनसँगको सिधा व्यापार हुने क्षेत्र हो, कैलाश मानसरोवर जाने धार्मिक मार्ग, अपिहिमाल, कैलाश गुफा, वन्यजन्तु तथा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण क्षेत्रकारुपमा यो क्षेत्र छ।’
यो क्षेत्रमा नेपाल प्रहरीका दुई चौकी, सशस्त्र प्रहरीको बीओपी स्थापना भइसकेको छ। व्यासमा सशस्त्र प्रहरीको गुल्म राख्ने तयारी शुरु भइसकेको छ। गागामा सशस्त्र प्रहरीको गुल्म रहनेबित्तिकै कालापानी नजिकै कौवा क्षेत्र र तिङ्करको छायालेकमा बीओपी विस्तार गर्न सकिने सरकारी तयारी छ।
यस्तै अपि नाम्पा संरक्षण क्षेत्रभित्र नेपाली सेनाको समेत उपस्थिति गराउने गरी गृहकार्य शुरु गरिएको छ । संरक्षण क्षेत्र विभागमा व्यासको कालापानी क्षेत्रमा सामरिक महत्व तथा प्राकृतिक स्रोतसाधन, वन्यजन्तुको संरक्षणका लागि नेपाली सेना राख्ने विषयमा छलफल भइरहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत अशोककुमार मेहताले बताए।
त्रिदेशीय यो क्षेत्रमा बाह्रैमास सञ्चार सुविधा छैन । स्काई टावर छाङ्गरुमा मात्रै छ। यो टावरले तिङ्करसम्म कभरेज गर्दैन । यो पनि छ महिनादेखि अवरुद्ध रहेको छ । नमस्तेको थ्रि जीसेवासहितको टावर राख्ने तयारी भइरहेको टेलिकमका प्रमुख कृृष्णबहादुर गुरुङले बताए। व्यासमा नमस्ते टावर राख्ने गरी सर्वेक्षणको काम सकिएको उहाँले जानकारी दिए। बन्दाबन्दीका कारण थप जडान र अन्य काम अघि बढ्न नसकेको हो।
पत्रकार महासङ्घका अध्यक्ष शङ्करसिंह धामी सञ्चारविहीन व्यासमा सीमा प्रशासन, भन्सार कार्यालय स्थापना गर्नुपर्ने बताउछन्। अहिले खाद्यान्न, बाटो घाटो, सञ्चार भवन, खानेपानी र विद्युत् अभाव हुँदा पनि राज्यले उपस्थिति जनाएर सीमा रक्षामा खटिएको भन्दै सुरक्षाकर्मीको उनले प्रशंसा गरे। उनले भने, ‘दार्चुलाको व्यासक्षेत्र र यस्तै भौगोलिक विकता भएका देशको अन्य भूगोलमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आगामी बजेटमा प्रोत्साहन गर्नुपर्छ।’-नरेन्द्रसिंह कार्की/रासस
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...