वुहानमा एकैदिन १४ लाख ७० हजारको कोरोना परीक्षण

photo : AFP

कोरोना भाइरसको उद्गम स्थल भनिँदै आएको चीनको वुहानमा एकैदिन १४ लाख ७० हजार बढीको कोराेना परीक्षण गरिएको छ।

सन् २०१९ मा पहिलो पटक वुहानमा देखिएको कोरोना अहिले विश्वका प्रायः मुलुकमा फैलिसकेको छ।


Advertisement

चीनले शुक्रबार मात्र १४ लाख ७० हजार ९ सय ५० जनाको कोरोना परीक्षण गरेको बीबीसीले उल्लेख गरेको छ। 

 अहिले वुहानको अवस्था सामान्य छ । तर, चिनियाँ अधिकारीले  दुई सातामा १ कराेड १ लाखको कोरोना परीक्षण गर्ने घोषणा यसअघि नै गरेका थिए।


Advertisement

सोही अनुसार वुहानमा मे १८ मा ४ लाख ६७ हजार८ सय ४७ को परीक्षण गरिएको थियो, भने बिहीबार १० लाख बढीको कोरोना परीक्षण गरिएको थियो। 

तर, शुक्रबार यो संख्या झनै बढेको हो। ठूलो संख्यामा कोरोना परीक्षण गर्दा पनि नयाँ संक्रमित फेला परेका छैनन्। चीनमा पछिल्लो २४ घन्टामा संक्रमणका नयाँ घटना सार्वजनिक भएका छैनन्। 

चीनमा कोरोना संक्रमितको संख्या ८४ हजार रहेकोमा हालसम्म ४ हजार ६ सयले ज्यान गुमाइसकेका छन्।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्