ब्राउसुगरसहित दुई जना पक्राउ

झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो १ः०० बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।


Advertisement

पक्राउपर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ  छन् । उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरिएको प्रमुख कोइरालाले बताए। लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्