भारतीय क्‍वारेन्टाइनमा एक नेपालीको मृत्यु

 भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्‍वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ ।

लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको थियो ।


Advertisement

उनलाई स्वदेश आउने क्रममा सुनौली नाकाको सिमानाबाट केही दिन अघि फर्काएर भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो । मृत्यु हुनेमा स्याङजाको हरिनाथ नगरपालिका-२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतक थापा भारतको दिल्ली नजिकैको अलिगढ भन्‍ने स्थानमा रोजगारी गर्ने गरेको र उनी मृगौलाको बिरामी भएपनि पछिल्लो पटक हर्नियाको पनि बिरामी रहेको कुरा जानकारीमा आएको बताए ।


Advertisement

‘उनलाइ सन्चो नभएपछि हिजो भारतको महाराजगंज जिल्लाको सदरमुकामस्थित अस्पतालमा उपचारार्थ लगिएको थियो,’ पन्थले भने, ‘औषधिसहित साँझ क्वारेन्टाइनमा फर्केका थापाको आज बिहान मृत्यु भएको जानकारी आयो ।’ प्रजिअ पन्थका अनुसार मृतकको भारतको महाराजगंजस्थित अस्पतालमै पोष्टमार्टम भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्