×

NMB BANK
NIC ASIA

बन्दाबन्दीमा शैक्षिक क्षेत्र पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

जेठ ११, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

 कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन ।

Muktinath Bank

यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेर’कै अवस्थामा रहेकोप्रति अभिभावकले गुुनासो गर्न थालेका छन् । अभिभावकको भनाइ छ, “बालबालिकाको अध्ययन गर्ने बानी नै छुुट्न लागिसक्यो, सम्बद्ध निकाय भने पर्ख र हेरकै अवस्थामा छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले कोरोना प्रभावको यो जटिल अवस्थामा अहिले तत्काल नयाँ नीतिगत निर्णय लिने अवस्थामा मन्त्रालय नरहेको बताए । सङ्क्रमण धेरै लम्बिएको अवस्थामा विभिन्न विकल्पमा जाने हिसाबले आफूहरूले आन्तरिक तयारी गरिरहेको जानकारी उनले दिए ।


Advertisment
Nabil box
Kumari

बन्दाबन्दी कायमै रहेको अवस्थामा सिकाइलाई निरन्तरता के कसरी दिने ? खुलेपछि विद्यालय कसरी अगाडि बढ्ने तथा यसको दीर्घकालीन प्रभावका बारेमा योजना नबन्नु दुःखलाग्दो भएको अभिभावक कविता काफ्ले बताउँछिन् । “कोरोना प्रभाव बढ्दै जाँदा के गर्ने भन्नेबारेमा सम्बद्ध निकाय र विज्ञहरू मौन रहनु उचित होइन’’, उनले यो विषयमा मिडियाले ध्यान दिन नसकेको भन्दै असन्तोष व्यक्त गरिन्।

Vianet communication
Laxmi Bank

बन्दाबन्दी भएको दुई महिनाको अवधिमा माध्यमिक तहको स्थगित परीक्षा सञ्चालन, सिकाइको निरन्तरता, विद्यार्थी भर्ना, पाठ्यपुस्तकको उपलब्धतालगायत विषयमा कुनै ठोस नीतिगत निर्णय हुन सकेको छैन । सङ्क्रमणको क्रम बढ्दै गएको तथा बन्दाबन्दीसमेत कायमै रहेको अवस्थामा शिक्षा क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको शिक्षाका उच्च तहका अधिकारीहरूले बताएका छन् ।

नेपालमा विद्यालय कहिले खुल्छ, कुन आधारमा विद्यालय खोलिन्छ भन्ने कुरा कोरोनाको अवस्था र त्यसका विशेषज्ञको सुझावमा आधारित रहने जनाइएको छ । तथापि आफूहरू अब सङ्क्रमण अन्त्य भएर विद्यालय खुल्दा कसरी जाने भन्ने हिसाबले मुख्य छलफलमा केन्द्रित रहेको उनको भनाइ छ ।

जेठको तेस्रो हप्तासम्म शिक्षाको प्रारम्भिक खाका आउने अनुमान शिक्षाका अधिकारीहरूले गरेका छन् । जेठ १५ गते सार्वजनिक हुने सरकारको बजेट, त्यसमा स्पष्ट हुने शिक्षाका खाका एवं कार्यक्रम तथा बन्दाबन्दीका विषयमा सरकारले लिने निर्णयले शिक्षा क्षेत्रलाई निर्देशित गर्ने अधिकारीहरूको बुझाइ छ । कक्षा ११ र १२ को पठनपाठनलाई खासै प्रभावित नपारेको र माध्यमिक शिक्षा परीक्षा (एसईई) को विषयले मात्र धेरै विद्यार्थी र अभिभावकलाई चिन्तित बनाएको उनको भनाइ छ ।

यस अवधिमा पुस्तकलाई पनि अत्यावश्यक सामग्रीका रूपमा लिएर ढुवानीको प्रबन्ध गरिएको भन्दै प्रवक्ता शर्माले यसबाट विद्यालय खुलेपछि शैक्षिक गतिविधि अघि बढाउन सहज हुने विश्वास लिइएको बताए ।

जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले पुस्तक छपाइ र सम्बद्ध क्षेत्रीय कार्यालयसम्म पु¥याउने कार्यमा आफूहरू जुटिरहेको जानकारी दिए । हालसम्म झन्डै ७५ प्रतिशत पुस्तक पु¥याइसकिएको उनको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x