×

NMB BANK
NIC ASIA

नेपालमा कोरोनाका बिरामी निको हुने दर न्यून

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ का बिरामी कति दिनमा निको हुन्छन् ? नेपालमा कोभिडका बिरामी औसत २० दिनमा निको भइरहेका छन् । चीनको वुहानदेखि युरोप, अमेरिका हुँदै भारतसम्म दाँज्दा नेपालमा बिरामी निको हुने दर सबैभन्दा कम रहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा कोरोना संक्रमण देखिएका पाँच सय ८४ जनामध्ये ७० जना निको भएका छन् भने तीनजनाको मृत्यु भएको छ । जसअनुसार निको हुने बिरामी १२ प्रतिशत मात्रै छन् । यो विश्वको अनुपातमा एकदमै कम हो । विश्वमा ४० प्रतिशत संक्रमित निको भएका छन् । तर, नेपालमा भने अन्य देशको तुलनामा निको हुने दर न्यून रहँदा विज्ञहरूले पनि चिन्ता व्यक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अमेरिका, भारत, पाकिस्तानलगायत देशको अनुपातमा नेपालमा कोरोना भाइरस संक्रमित निको हुने दर न्यून रहेको बताउँछन् । अमेरिकामा २४, भारतमा ४१ र पाकिस्तानमा ३१ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । तर, नेपालमा भने निको हुने प्रतिशत बढ्नुपर्नेमा घट्दै गएको छ । डा.पुन भन्छन्, ‘सुरुका दिनमा केसहरू फेला परेका थिएनन्, निको हुने दर बढी थियो, तर अहिले दैनिक केस बढेका छन्, त्यसैले पनि निको हुनेको दर घट्दै गएको हो ।’ 


Advertisment
Nabil box
Kumari

कोभिडको औषधि छैन । विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिएको लक्षणका आधारमा औषधि चलाउँदै आएका छन् । नेपालमा पनि चिकित्सहरूले त्यसरी नै उपचार गरिरहेका छन् । शनिबारसम्मको तथ्यांकअनुसार संक्रमितहरू नौदेखि ३५ दिनसम्म अस्पताल बसेका छन् । संक्रमितको औसत अस्पताल बसाइ २० दिनको रहेको छ । 

Vianet communication
Laxmi Bank

कोभिडका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार कोरोना अरूमा फैलिन नदिन संक्रमितलाई एउटा छुट्टै कोठा (आइसोलेसन)मा राख्ने गरिएको छ । त्यसबाहेक अन्य थप विशेष उपचार केही हुँदैन । संक्रमितलाई ज्वरो आए पारासिटामोल, खोकी, घाँटी खसखस गर्दा र चिन्ता बढ्दा त्यहीअनुसारको औषधि मात्रै खुवाउने गरिएको छ । अस्पताल भर्ना भएका संक्रमितमा सामान्य लक्षणबाहेक कुनै पनि जटिलता देखिएको छैन । तर, तीनजनाको मृत्युले भने सोच्न बाध्य बनाएको छ ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x