र त कोहि किन उदास नहोस् (कविता)

                                        वी बीलिन

 


Advertisement

समयको राप मा डढेको जवानी छ यो जमानामा

म हासौं त पागल


Advertisement

रोऊ त कायर

यो बीच को ट्रयाजीक कमेडी मा रन्थनियको म

पुरी भए नि हेला पानि भए नि हेला

तर बनाउछन पानि पुरी र त चल्छ बजार यहा

चट कोहि पट कोहि तर बोलबाला चटपटे कै

र त कोहि किन उदास नहोस

 

दहि पनि हेला चिउरा पनि हेला

तर दहि चिउरे कै रेला खेला यहा

उसलाई ससुराली मन पर्दैन तर

तर उनीहरुकै छोरी देखी अन्त आँखा सर्दैन

हायल कायल छन सबै यहाँ

आफ्नै जिन्दगि को हाजिरी रजिस्टर मा गयल छन मान्छे हरु

र त कोहि किन उदास नहोस

 

आँखा ले बोल्छन मानब हरु

यी छिल्लिएका छन् जिउदा शब हरु

पशु नि बोल्न थालेछन् यहाँ

लक्ष्मी भन्छन पैसा लाइ तर गन्छन थुक ले यहाँ

गड पनि नहुने एक्लै बढ नि नहुने तर पनि जिन्दगी भरि गडबड नै भइरहने

चाल नै चलन जस्तो नहुने तर सबै ले मान्ने तर्कहीन चालचलन छ यहाँ

र त कोहि किन उदास नहोस

Twitter: @bbileen

 

कमेन्ट गर्नुहोस्