×

NMB BANK
NIC ASIA

नेपालीभाषी समुदायको अपमान गरेको भन्दै पाताल लोककी निर्माता अनुष्का शर्माविरुद्ध उजुरी

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री अनुष्का शर्माको पहिलो वेब सिरीज पाताल लोकविरुद्ध भारतमा रहेको गोर्खा समुदायले उजुरी दर्ता गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

त्यहाँको राष्ट्रिय मानवअधिकार आयोगमा गोर्खा समुदायले अनुष्काविरुद्ध उजुरी दर्ता गर्दै उक्त वेब सिरीजको दोस्रो एपिसोडमा नेपालीभाषी महिलाका लागि अपमानजनक तथा अपहेलनात्मक भाषा प्रयोग गरिएको जानकारी दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै लयर गिल्ड मेम्बरका सदस्य अधिवक्ता वीरेन सिंह गुरुङले वेब सिरीजविरुद्ध कानूनी नोटिस पठाएका छन् । अघिल्लो सोमवार पठाइएको नोटसमा सुदीप शर्माद्वारा लेखिएको सिरीजमा जातिसूचक शब्द प्रयोग गरिएको र त्यसले गोर्खा समुदायको अपमान गरेको उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

वीरेनले भने, ‘पाताल लोकको दोस्रो एपिसोडमा सोधपुछ गर्दै गर्दा महिला प्रहरीले नेपाली पात्रविरुद्ध जातिवादी गालीगलौज गरेकी छन् । ‘नेपाली’ शब्द मात्र प्रयोग गरेको भए पुग्थ्यो तर त्यसपछि अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गरिएको छ जसलाई स्वीकार गर्न सकिँदैन । अनुष्का शर्मा यस शोकी निर्माता भएकाले उनलाई नोटिस पठाइएको हो । अनुष्काले यसमा कुनै प्रतिक्रिया दिएकी छैनन् । जवाफ आएन भने लिगल टीमले यसलाई अघि बढाउनेछ ।’ 

Vianet communication
Laxmi Bank

भारतीय गोर्खा परिसंघको युवा शाखा भारतीय युवा गोर्खा परिसंघले वेब सिरीजविरुद्ध अन्लाइन अभियान चलाउँदै दोस्रो एपिसोडमा नेपालीभाषी महिलालाई निर्माताले अपमान गरेको आरोप लगाएको छ । 

‘यो प्रतिगामी मात्र नभई उत्तरपूर्वका मानिस, विशेषगरी गोर्खाहरूको जातिवादी स्टिरियोटाइपिङ हो,’ उनीहरूको पोस्टमा लेखिएको छ । ‘हामीहरू यसलाई कडा शब्दमा भर्त्सना गर्छौं र यसलाई तत्कालै हटाउन माग गर्छौं ।

समुदायलाई स्टिरियोटाइप गरेको हामी पचाउन सक्दैनौं र सिर्जनात्मक स्वतन्त्रताको नाममा जातिवादी आक्रमणलाई स्वीकार पनि गर्दैनौं,’ उनीहरूले लेखेका छन् ।

उता गुर्जर समुदायका नेता नन्दकिशोर गुर्जरले आफ्नो तस्वीर अनुमति नलिइकन वेब सिरीजमा प्रयोग गरिएको र गुर्जर समुदायलाई डाँका देखाइएको भन्दै अनुष्का शर्माविरुद्ध तत्काल कारवाही गर्न माग गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x