कोरोनाविरुद्ध चीनको ठूलो कदम, अन्य कुनै देशले पनि गर्न नसकेको काम गरेर देखायो

चीनले शुक्रवार वुहान शहरमा १४.७ लाख कोरोना टेस्ट गरिएको दाबी गरेको छ । 

स्थानीय स्वास्थ्य अधिकारीहरूले यसको जानकारी दिँदै बिहीवार पनि १० लाख मानिसको टेस्ट गरेको बताए । कुनै पनि देशको कुनै शहरमा यति धेरै मानिसको एकै दिनमा परीक्षण गरेको यो पहिलोपटक हो ।


Advertisement

केही दिनअघि चीनले वुहान शहरको पूरै जनसंख्यालाई कोरोना परीक्षण गर्ने निर्णय लिएको थियो । चीनले दुई हप्तामा वुहानका १ करोड १० लाख मानिसको परीक्षण गर्ने योजना बनाएका छन् । 

त्यसैअन्तर्गत वुहानमा एक दिनमा १४.७ लाख मानिसको न्युक्लिक एसिड टेस्ट गरिएको हो । वुहानमा कोरोनाको दोस्रो लहर देखिएकाले व्यापक परीक्षण गरिएको हो । 


Advertisement

वुहानबाट नै कोरोनाभाइरस संक्रमण शुरू भएको थियो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्