×

NMB BANK
NIC ASIA

संघीय सरकालाई कर्णाली प्रदेशसभाको धन्यवाद, नक्सा जारी गर्नु ऐतिहासिक !

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आइतवार शुरू भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले पठाएको पत्रलाई सभामुख राजबहादुर शाहीले सुनाएर बैठक सञ्चालन गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

बैठकमा संघीय सरकारले हिम्मत गरेर लिम्पियाधुरासहित समेटेर नक्सा बनाएको बताउँदै धन्यवाद दिएका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कालापानी लिपुलेख र लिम्पियाधुरालाई समेटेर नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिए । उनले भारतले नेपाललाई हेप्न खोजेको बताउँदै त्यसको जवाफस्वरुप नक्सा निकाल्नु साहसिक कार्य भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाहीले भने, ‘सरकार सबैको हो । हुलका हुल नागरिक उद्धार गर्नुभयो । राज्यको पैसा खर्च गर्नु भयो होला । आठबीसका कोरोना संक्रमितलाई दैलेख राख्नु गलत नै थियो । अहिले नौ जनामा कोरोना संक्रमण भइसकेको अपुष्ट खबर आइसकेको छ ।’


Advertisment
Nabil box
Kumari

उनले सरकारले एम्बुलेन्स पुग्ने स्थानमा तयारी गर्न सक्ने तर दुर्गम कर्णालीको अवस्था अझै पनि राम्रो नभएको बताए । ‘प्रदेश सरकारले आफ्नो दायित्व सम्झिनु पर्छ,’ उनले भने, ‘वडाको अधिकार खोस्न पाइन्छ कि पाईदैन, हाम्रो काम कोअर्डिनेसन गर्ने हो । समन्वय गर्ने हो ।’

Vianet communication
Laxmi Bank

उनले स्थानीय जनप्रतिनिधिहरुको सेवा सुविधा तत्काल दिनेगरी कानून ल्याउन सरकारलाई आग्रह गरे ।

‘एक नम्बर प्रदेशबाहेक अन्यत्र जनप्रतिनिधिले सेवा सुविधा पाएका छैनन्,’ शाहीले भने, ‘हामीले स्थानीय जनप्रतिनिधिका लागि आवश्यक कानून बनाइदिनु पर्थ्यो, अहिलेसम्म बनाइएको छैन । सरकारको यतातिर ध्यान जान आवश्यक छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सभा सदस्य यामलाल कंडेलले छिमेकी देशले यस्तै मौका छोपेर नेपालको भूभाग हडप्ने गरेको बताए ।

‘एक जनमाना थियो, सरकारको बैठकमा त्यो देशको प्रतिनिधि बसाल्ने मुलुक थियो,’ उनले भने, ‘यो समस्या पुरानो हो । नीति तथा कार्यक्रममा नै उल्लेख गरी सरकारका तर्फबाट नक्सा जारी गर्ने काम ऐतिहासिक अवसर हो । संघीय सरकारले हिम्मत राखेको छ ।’

उनले मनिषा कोइरालाप्रति सम्मान रहेको बताए । ‘उनले हिम्मत राखेर बोलेकी छिन् । सारा भारतका मिडिया नेपाल विरुद्ध लागिरहेका छन्,’ उनले भने, ‘परिस्थिति विशेष हो । कामकारवाही नियमित नै हुन्छ गर्नुपर्छ । दुई महिना अघि कोभिड थिएन । आत्मसमीक्षा गरौं ।’

उनले जथाभावी बजेट बाँडने काम गलत भएको बताए । ‘कति दिन हो कोरोना आतंक हुने, फिक्स छैन,’ उनले भने, ‘ढुकुटी सकिदै गयो भने हामी कहाँ जाने ? तपाईले बाँडेका पैसा खर्च गर्न नसकिने भनेकै बेलामा पैसा गयो त । दामासाहीको रुपमा हामीलाई पैसा आउँछ । जथाभावी पैसा बाँडदै गएको खण्डमा समस्या हुन्छ । ख्याल गर्नुहोस ।’

नेता कंडेलले सामाजिक दुरी कायम गरेर भएपनि काम गर्नुपर्ने बताए । ‘बन्दाबन्दीबाट निश्चित व्यक्तिले फाइदा लिएका छन् । निर्माण सामाग्री प्रयोग भइरहेका छैनन्, मूल्य बढेको बढ्यै छ । यसमा सरकारले समन्वय गर्न आवश्यक छ । क्वारेन्टाइनमा लट अनुसार राखौं,’ उनले थपे ।

प्रदेश सभा सदस्य शोसिला शाहीले सरकारले सामाजिक दुरी कायम गरेर भएपनि विकासका कामहरु गर्नु पर्ने बताइन । सरकारले राम्रो काम गरेको खण्डमा समर्थन गर्ने र नराम्रो काम गरेको खण्डमा आफूले विरोध गर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x