कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको विषयमा विचार नपु¥याई बोल्दा अभिनेत्री वर्षा राउत नराम्रोसँग विवादमा तानिएकी छन् । सम्पूर्ण नेपालीले अतिक्रमणको विरोध गरिरहेका बेला उनले एउटा भिडियो अन्तर्वार्तामा आफ्ना भारतीय साथी रिसाउँछन् भन्दै त्यो विषयमा मिडियाले बोल्नु नहुने अभिव्यक्ति दिएकी थिइन् ।
भिडियोमा उनले भनेकी छन्, ‘देशको माया लाग्छ भन्दैमा तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नि त । यो त टेबुल टक गरेर उताको गभर्मेन्ट र यताको गभर्मेन्ट मिलेर पो कुरा गर्ने हो नि त । यहाँ त झगडा पारिरहेका छन् क्या दुईटै जर्नालिस्ट मेलर । दुवैजनाको जर्नालिस्ट मिलेर झगडा बनाइरहेका छन् क्या । अब मेरो इन्डियन फ्रेन्डसँग म कसरी फेस गर्ने अनि इन्डियन फ्रेन्डले मसँग कसरी फेस गर्ने भैराछ क्या अहिलेको सिचुएसन चैं ।’
लकडाउनको बेला घरमा बसेकी अभिनेत्री वर्षाले दुई देशका मिडियाका कारण आफूलाई भारतीय साथीसँग मुख देखाउन गाह्रो भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले यो विषयमा मिडियाले तर्क वितर्क गर्नु नहुने र सरकारले मात्र टेबुलटक गर्नु पर्ने धारणा राखेकी छन् ।
मुलुकको भूमि खेसिनुभन्दा उनलाई भारतीय साथी रिसाउने चिन्ता भएको भन्दै सामाजिक सञ्जालमा निकै विरोध भएपछि आत्मआलोचना गर्दै उनले फेसबुकमार्फत माफी मागेकी छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता यतिसम्म आक्रोशित भए कि भारतलाई लिपुलेक फिर्ता दिएर वर्षालाई भारत लैजान भनिरहेका छन् । मनीषा कोइरालाको पक्षमा स्टाटस लेख्दा उनका भारतीय साथी किन रिसाएनन् भन्ने प्रश्न पनि दर्शकले गरेका छन् ।
आलोचित भएपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाटै स्पष्टीकरण दिएकी छन् । उनको स्पष्टीकरण छ, ‘कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्तर्वार्ता लिएर जुन हो–हल्ला गरियो । यसले मलाई भावनात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला । बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन । अलिकति पनि तलमाथि परेकी छैन ।’
आफू नेपाली भएकोमा गर्व गर्दै वर्षाले लेखेकी छन्, ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ । दुई छिमेकीको प्रगाढ सम्बन्धको समर्थन गर्नुपर्ने हुन्छ । हाम्रो रोटी र बेटीको सम्बन्धको पनि समर्थन गर्न आवश्यक छ ।’
उनले यस्तो समयमा केही भड्काउ व्यक्तिहरूले आक्रामण गर्न सक्ने भन्दै सचेत पनि गराएकी छन् ।
वर्षालाई ढाडस दिँदै उनका सहकर्मी केही कलाकारहरूले उनको आत्मआलोचनाको विषयमा स्टाटस लेखेका छन् । अभिनेता दीपकराज गिरी लेख्छन्, ‘राष्ट्रियताको विषय एकदमै संवेदनशील विषय हो । यस्तो विषयमा टिप्पणी गर्दा सचेत हुनुपर्छ । पूरै भिडियो हेर्दा तिम्रो नियत खराब देखिन्न तर शब्द चयनमा त्रुटि भएकै हो तर यो आत्म आलोचनाले सबै कुरा ठीक गरिदिन्छ किनकि गल्ती मानिसबाटै हुन्छ । तिम्रो राष्ट्रप्रेमको भावनाप्रति शंका छैन जवाफ शैली अपरिपक्व भएको हो । यसलाई भुलौं अगाडि बढौं । जय मातृभूमि नेपाल ।’ वर्षालाई नायिका पूजा शर्मालगायतले पनि ढाडस दिएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...