पौडी खेल्दा सेती नदीमा डुबेर मृत्यु

प्रतिकात्मक तस्वीर

पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमवार १ युवकको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका  रामबहादुर मगरको घरमा डेरा गरी बस्ने २५/२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 


Advertisement

नाम, थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । शुक्लागण्डकी ४ र  ८ नम्बर जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

पौडी खेल्ने क्रममा बाँकटे हान्दा डुबेका मधेशी मूलका व्यक्तिलाई एक छिनपछि नदीले बगाएको गाईवस्तु हेर्न गएका गोठालाले देखेपछि प्रहरीमा खबर गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।


Advertisement

शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ । 

कमेन्ट गर्नुहोस्