कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
जेठ १३, २०७७
राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले गरे प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सोमवार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कोरोनाले मृत्यु हुनेको संख्या ४ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि मृतकको संख्या ४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्ति टीबीको आशंकामा जेठ २ गते अस्पताल भर्ना भएका थिए । शंकास्पद देखिएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको छ । मृतकको सम्पर्कमा आएका सबै व्यक्तिको जेठ ५ गते नै कोरोना परीक्षण भइसकेको प्रवक्ता देवकोटाले बताए ।
सोमवार दिउँसो थप ६ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । सेती अस्पतालमा अछामका १ पुरुष, भेरी अस्पतालमा बर्दियाका ३ जना, नारायणी अस्पतालमा २ जना र काठमाडौं घर भएका बारा कलैयाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनसंख्याको २ प्रतिशतमा कोरोना परीक्षण गर्ने लक्ष्य छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका कम्तिमा २ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्ने रणनीति रहेको बताएका छन् ।
कोरोना परीक्षणलाई तीव्र बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने रणनीति रहेको बताएका हुन् ।
नेपाल टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने- 'औषधि र स्वास्थ्य खरिदमा भएका अलमल कोभिड- १९ को परीक्षणलाई तीव्र बनाइएको छ । औषधिको प्रबन्ध द्रूत गतिमा गरिनेछ । कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण गर्ने योजनामा सरकार छ ।'
२ महिनाको शिशुदेखि ८१ वर्षको वृद्धसम्मलाई कोरोना निको हुनुलाई सफलता मान्नुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
आवश्यकताअनुसार बन्द होटल र सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने गरी प्रबन्ध गरिने पनि उनले बताए ।
महामारी बिस्तार भएको ठाउँलाई सील गरी युद्धस्तरमा परीक्षणको काम अघि बढाउने र सबै सरकारी निकायहरूलाई चुस्त एवं प्रभावकारी बनाउने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ का कारण अलपत्र परेका नागरिकको उद्धार गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसबारे सरकारले तत्काल आदेश जारी गर्ने उनले बताए ।
सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको बताएका छन् ।
प्रधामनन्त्री ओलीले सीमा पार गर्नुअघि घर फर्किनेको अनिवार्य परीक्षण नगर्दा महामारी फैलिएको स्वीकारे ।
उनले भारतबाट फर्कीनेहरू परीक्षणविना नै फर्किँदा महामारी फैलिनमा मद्दत पुगेको बताए ।
स्वदेश फर्केकालाई छिटोभन्दा छिटो परीक्षण गराउन पनि उनले आग्रह गरे ।
एक वर्षसम्म बैठक भत्ता नलिने नारायणकाजीको घोषणा, भन्छन्- सांसद विकास काेष खारेज गराैँ
सत्तासिन नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गरेका छन्।
मुलुक काभिड-१९ बाट प्रभावित बनेको र आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौतिको सामना गर्नुपर्ने देखिएका बेला नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले यस्तो घोषणा गरेका हुन्।
‘यसका लागि सार्वजनिक खर्चमा कटौती, मितव्ययीता,चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ,’ सोमबार साँझ ट्वीट गर्दै उनले भनेका छन्, ‘यस सन्दर्भमा म १ वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु। संघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ।’
उनले सांसद विकास कोष भनिने स्थानीय विकास साझेदार कार्यक्रम कम्तिमा आगामी वर्षका लागि खारेज गर्न पनि माग गरेका छन्। उक्त रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्नुपर्ने उनको भनाइ छ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...