×

NMB BANK
NIC ASIA

उपत्यकाका नाकामा ‘डेडिकेटेड टिम’ कहिले ?

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने ६ वटा नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सम्मिलित ‘डेडिकेटेड टिम’ खटाउन गरेको प्रस्तावमा दुई साता हुन लाग्दा पनि निर्णय हुन सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गएको जेठ १ गते नै प्रवेश नाकामै ‘अन द स्पट’ आरडीटी परीक्षण र डेडिकेटेड टिम खटाउन गृह मन्त्रालयमार्फत क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव पठाएका थिए । संक्रमण झन्झन् फैलिन थालेपछि सावधानी अपनाउन यी प्रस्ताव गरिएका थिए । तर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेका दुवै संयन्त्रले अझै निर्णय गरेका छैनन् । जसका कारण राजधानी प्रवेश गर्ने नाकाबाट पासधारी, अत्यावश्यक सेवाका सवारी चालक र सर्वसाधारण निर्बाध भित्रिइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासनबाट सीसीएमसी र उच्चस्तरीय समन्वय समितिमा पठाइएको संयुक्त प्रस्तावमा नागढुंगा र जगातीलगायत नाकामा सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीसहितको डेडिकेटेड टिम खटाएर जाँच गर्ने व्यवस्था मिलाइदिन भनिएको छ । हरेक नाकामा व्यक्तिगत सुरक्षा सामग्री र एम्बुलेन्ससहित सवारी व्यवस्था गर्न पनि भनिएको छ । ‘तर अहिलेसम्म निर्णय भएको थाहा छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।


Advertisment
Nabil box
Kumari

प्रशासनको निर्णय कार्यान्वयन नहुँदा दिनमा २ हजारदेखि ३ हजार मानिस तराई/मधेस तथा संक्रमण फैलिएका जिल्लाबाट आउने गरेको गृह मन्त्रालयले जनाएको छ । तर प्रहरीले अत्यावश्यक सेवा र पासबाहेक कसैलाई पनि प्रवेश नदिएको र पास वितरणमा नियन्त्रण गरेको दाबी गरेको छ ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालयले राजधानी प्रवेश गर्ने नाकामा डेडिकेटेड टिम खटाउनेबारे कतैबाट पनि लिखित वा मौखिक जानकारी नआएको जनाएको छ । ‘सीसीएमसी र उच्चस्तरीय समितिबाट निर्णय भए जानकारी छैन तर मन्त्रालयले राजधानी प्रवेश गर्ने नाकामा स्वास्थ्यकर्मी खटाउने भन्ने कुरा तत्काललाई छ्रैन,’ स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले भने ।

मन्त्रिपरिषद्ले वैशाख अन्तिम साता नै जहाँबाट आउने हो, त्यहींबाट आरडीटी परीक्षण अनिवार्य गरेर मात्र पास जारी गर्न प्रशासनलाई निर्देशन दियो । गृह मन्त्रालय र काठमाडौं महानगरपालिकाले पनि आरडीटी परीक्षण रिपोर्टबिना प्रवेश नदिन प्रहरीलाई निर्देशन दिए । तर स्वास्थ्य मन्त्रालयले न नाकामा हेल्थ डेस्क स्थापना गरेको छ, न प्रशासनले आरडीटी रिपोर्ट हेर्ने निर्देशन पालना गरेको छ । त्यसको दबाब फिल्डमा खटिने सुरक्षाकर्मीले व्यहोर्दै आएका छन् ।

‘बैसाखी टेकेर आएका बिरामी हुन्छन् । सुत्केरी, नियमित डायलसिस गर्ने, आँखामा पट्टी बाँधेर आएका बिरामीलाई हामीले मानवीयता हेरेर पनि त सहयोग गर्नुपर्‍यो नि,’ फिल्डमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मन्त्रालयले एउटा हेल्थ डेस्क राखेको छैन । हामीलाई गाडी छिर्न दियो भनेर आलोचना गर्दा कति न्यायसंगत हुन्छ ?’

लकडाउनको सुरुवाती दिनमा गैरसरकारी, निजी तथा स्वयंसेवक स्वास्थ्यकर्मीले नाकामा हेल्थ डेस्क राख्न प्रतिस्पर्धा गरेको तर अहिले उनीहरू सबै हिँडिसकेको नागढुंगा/थानकोट र जगाती नाकामा खटिएका सुरक्षाकर्मीहरूले बताए । राजधानी प्रवेशका लागि आरडीटी परीक्षण रिपोर्ट अनिवार्य गर्नुपर्ने माग सुरक्षाकर्मीको छ । तर नागढुंगा हुँदै दैनिक ५० वटासम्म निजी सवारी गृह मन्त्रालयको सवारी पास देखाएर भित्रिन्छन्, उनीहरूसँग आरडीटी परीक्षणको रिपोर्ट हुँदैन ।

गृह, सीसीएमसी, उच्चस्तरीय समन्वय समिति र स्वास्थ्य मत्रालयबीच समन्वय नहुँदा पनि नाकाबाट संक्रमित भित्रिन नदिन प्रभावकारी पहल हुन सकेको छैन । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको सीसीएमसी र उच्चस्तरीय समन्वय समितिमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितका अधिकारी छन् । तर एकअर्कालाई दोषारोपण गरेर सबै उम्किने गरेको गृहका ती अधिकारीले बताए । पछिल्लो पटक सरकारले लकडाउनका बेला प्रयोग गर्ने सवारी पास सम्बन्धित निकाय वा नियामक निकायबाट जारी गर्ने भनेपछि सडकमा आवतजावत झनै बढेको गृहकै अधिकारीको टिप्पणी छ । त्यसअघि प्रशासनबाट जारी भएका पासबाट मात्रै आवतजावत गर्न पाइन्थ्यो । अहिले सम्बन्धित मन्त्रालयले पनि विभिन्न पेसा/व्यवसायमा आबद्धलाई सवारी पास दिने गरेका छन् ।

प्रशासनबाट आएका सुझाव र प्रस्ताव सीसीएसमी र उच्चस्तरीय समन्वय समितिमा प्रभावकारी रूपमा राख्न नसक्नु गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निरीहता र अक्षमता रहेको प्रशासनकै एक अधिकारीले टिप्पणी गरे । नाकामा डेडिकेटेड टिम नहुँदा मालवाहक सवारीका चालक तथा सहचालक र प्रशासन र अन्य निकायबाट अनुमतिमा गुडेका सवारी चालकलाई थर्मल गनले शरीरको तापक्रम नापेर सुरक्षाकर्मीले प्रवेश दिँदै आएका छन् । सुरक्षाकर्मी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) बिनै खटिएका छन् । राजधानी प्रवेश गर्ने नाका वा उपत्यकाभित्रका विभिन्न चेकप्वाइन्टमा एक जना ट्राफिक वा जनपद तर्फका सुरक्षाकर्मीलाई मात्र पीपीई दिएर खटाइएको छ । अन्य सुरक्षाकर्मी पन्जा र मास्कका भरमा सर्वसाधारणसँग कुराकानी र लकडाउन अनुशिक्षणमा सक्रिय छन् । जसका कारण उनीहरूमा संक्रमणको उच्च जोखिम छ । हालसम्म १३ प्रहरीसहित सेनाका २, सशस्त्रका ४ र राष्ट्रिय अनुसन्धान विभागका एक गरी २० जना सुरक्षाकर्मीमा संक्रमण देखापरिसकेको छ ।

अधिकांश संक्रमितमा ज्वरोको लक्षणसमेत नदेखिएकाले बाहिरबाट संक्रमित भित्रिन सक्ने जोखिम उच्च छ । त्यसैलाई मध्यनजर गरेर प्रशासनले आरडीटी परीक्षण गरेर प्रवेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो । राजधानी प्रवेश गर्ने थानकोट/नागढुंगासहित फर्पिङ, जगाती, तीनपिप्ले/मुड्खु भन्ज्याङ, जर्सिङपौवा र कात्तिके (काभ्रेबाट आउने) नाका सिल गरेर सुरक्षा र स्वास्थ्यकर्मीको टोली परिचालन गर्नुपर्ने प्रस्ताव प्रशासनको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले प्रशासनबाट आएका सिफारिस र सुझाव कार्यान्वयन र थप निर्णयका लागि सम्बन्धित निकायमा पठाइएको बताए । नाकाबाट भित्रिनेको स्वास्थ्य परीक्षण हुनुपर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइसकिएको उनले बताए । राजधानी भित्रिनेको चाप बढेपछि केही दिनयता अनुमतिवाहकलाई पनि आरडीटी परीक्षण रिपोर्ट लिएरमात्रै आउन भनिएको तर ‘माथी’ बाट आउनले दबाबले भित्रिने प्रवृत्ति नरोकिएको फिल्डमा खटिएका एक सुरक्षाकर्मीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x