×

NMB BANK
NIC ASIA

नरेन्द्र प्यासी र अञ्जु पन्तले गाएको 'जाम क्यारे उडेर माथि जुनैमा' निकै भावनात्मक गीत हो। यो गीतको मूल आशय यस्तो हुन्छ, धर्तीमा रमाइरहेका एकजोडी प्रेमी-प्रेमिकालाई धर्तीका मानिसहरूले नै अनेकथरी दु:ख दिएर, रिस राग, डाहा गरेर बसिखानु नभएपछि उनीहरूले टाढा कतै बसाइ सरेर जाने संकेत गर्छन् ।

Muktinath Bank

धर्तीका मानिसहरूले आफ्नो प्रेमलाई अस्वीकार गरेपछि उनीहरू यो धर्ती नै छाडेर उडेर माथि जुनमा गएर पिरती लगाउने कुरा गर्छन् । धर्तीमा फूल बनेर बस्दा बास्ना हराएको, खोली बनेर बस्न खोज्दा खोलामा पानी नै सुकेको उनीहरूको दु:खेसो हुन्छ । मान्छे र मान्छेहरूको छाया झुटो भएको र आफ्नो मूल हराएको, धुन हराएको, दु:ख सुनिदिने दैव पनि नभएको उनीहरूको गुनासो हुन्छ । अनि फेरि उनीहरू माथि जुनमा नै उडेर जाने कुरा गर्छन् । धर्ती छाडेर जाने कुरा गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हो, आज नवराज विक भाइ उडेर जुनमा गएका छन्, तर एक्लै । उनी आफ्नो प्रेमिकालाई धर्तीमै छाडेर बसाइ सरेर गएका छन् । उनको प्रेमिकासँग बसाइ सरेर जाने सपना आखिर सपना नै भएको छ । उनले जुनतर्फको यात्रा एक्लै गरेका छन् । शायद गाउँ छाडेर जाने अन्य दाजुभाइजस्तै आफ्नो मनको मायालु, मुटुको टुक्रालाई सँगै लिएर जाने उनको संकल्पमा यतिखेर पूर्णबिराम लागेको छ । हार्दिक बधाइ भन्न तयार परेका उनका साथीहरू एकाएक हार्दिक श्रद्धाञ्जली भन्न बाध्य छन्, बुहारी नानीको हातको तातोपानी पिउने आशा बोकेकी नवराजकी आमाको शरीर तातो आँसुमा डुबेको छ ।


Advertisment
Nabil box
Kumari

मुना मदनको प्रेम कथा लेखिएजस्तै अब नवराज विक र उच्च जातकी नानीको प्रेम कथा लेखिनुपर्छ । माया त आखिर माया हो । मुनाको होस् कि मदनको, नवराज विकको होस् कि ठकुरीको छोरीको । हो, माया त आखिर माया हो । माया मात्र हैन, रगत रातो हो । फेर्ने हावा अक्सिजन हो। मुटु उस्तै हो, आँखा उस्तै हो । सबथोक उस्तै हो । फरक यही हो, यो निर्दयी समाज अनि यही समाजले स्थापित गरेका कथित उचनिचका मान्यताहरू । आफ्नो प्रेमको जित र हारका लागि अझै कति जवानको बाजी थाप्नु पर्ने हो, किनकी यहाँ ज्यानकै बाजी थापेर पनि एउटा प्रेम हारेको छ । जुठो भएको छ ।

Vianet communication
Laxmi Bank

प्रिय नवराज विक भाइ, तिमीले नेपाल प्रहरीको सिपाहीमा नाम निकालेका थियौ। तालिम गर्न बाँकी थियो। तिमीले पनि आफ्नो प्रेमिकासँग रमाउने सपना देखेका थियौ, तर धर्तीका मानिसहरूले तिमीहरूको प्रेमलीला रुचाएनन्, सहेनन्। मलाई २१औं शताब्दीको मान्छे हुँ भन्नलाई घृणा लाग्छ ।

मलाई म बाँचेको यो समय, हाम्रो आन्दोलन, हाम्रो सबै-सबैसँग घृणा लाग्छ, अनि घृणा लाग्छ सचेत समाजको परिकल्पना अनि वकालतहरू सुन्दा ।

यस्तो पनि हुन्छ, तिमीलाई र तिम्रो प्रेमलाई सम्झँदा डर लाग्छ, किनकी तिमी धर्तीमा पनि बस्न सकेनौ । आफ्नै प्रेमिकालाई दुलही बनाएर उडेरसँगै जुनमा पुग्न सकेनौ । 

तिमीले पनि सोचेका थियौ होला एउटा सुन्दर संसारमा रमाउने प्रयास जसरी विष्टका छोराहरू रमाइरहेका थिए । तिमीले सोचेका थियौ होला यो समाजको निरन्तरतालाई क्रमभंग गर्ने र क्रान्तिकारीभएर बाँच्ने। तिमीले पनि सोचेका थियौ होला, चोखो प्रेमको निम्ती कसैसँग नडराउने, नझुक्ने । तर त्यस्तो हुन सकेन । जसरी तिम्रा बाउबाजेहरू झुक्दै आएका थिए । ती चोखा थिए तर जुठो हुँदै आएका थिए । जसरी तिम्रा बाउ बाजेहरूले अन्याय वा अत्याचार सहजै आएका थिए । त्यसरी नै तिमीले झुक्न किन जानेनौ ?

यो समाजमा तिमीले छोएका हरेका कुराहरू जुठो हुन्थ्यो । तिमीले पानी छोए पानी जुठो हुन्थ्यो, तिमीले भगवानको मूर्ति भगवान जुठो हुन्थ्यो, तिमीले मान्छे छोए मान्छे नै जुठो हुन्थ्यो र छर्किनुपर्थ्यो बूढी बज्यैको फोहोरी नाकको सुनपानी । तिमीले त मान्छे नै छोयौ अनि कसरी चोखो हुन्छ तिम्रो प्रेम ? कसरी सर्वस्वीकार्य हुन्छ तिम्रो मुटुको हरेक धड्कनका आवाजहरू । यो विभेदकारी समाजमा तिम्रो चोखो प्रेम जुठो हुन्थ्यो नै । शायद तिमीले आफ्नो प्रेममा सुनपानी छर्किन सकेनौ कि ?

गीत नै छ, 'श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो' ।

हिजो पँधेरीमा अरूको पानी छोइदिँदा मारियौ । हिजो दुर्गामाताको मन्दिर पस्न खोज्दा गाउँ निकालामा पर्‍यौ । हिजो स्कूलको कक्षामा झुक्किएर बिष्टका छोराको रोटी छुँदा तिम्रो कपाल चारपाटा मुडियो । हिजो बिहे घरमा मलखादमा बसेर खान नमान्दा आफ्नै मुखभरी कालोमोसो दल्न बाध्य भयौ र आज कसैलाई चोखो प्रेम गर्दा मारियौ । आखिर कहिलेसम्म चलिरहन्छ, यो विभेदको शृंखला ?

प्रिय नवराज भाइ, आज यति नै भन्न सक्छु, तिमीलाई फूल बर्साउन नसकेर धूवाँ बर्साउने ती मान्छेहरूले पनि एकदिन चिहानघाटमा पुग्नै पर्छ । उनीहरूलाई कानूनले छाडेपनि, यो समाजले तिमीलाई नै दोष दिएर ती आक्रमणकारीहरूलाई सदा जस्तै सुनपानीले चोख्याए पनि एकदिन मैले नदेखेको भगवानले सजाय दिने नै छ । तिमी पुगेको जुनेली आकाशबाट पनि यी दुष्टहरूका लागि केही न केही प्रार्थना त गर्नु नै पर्छ ।

हामी यही कामना गर्छौं तिम्रो चोखो प्रेम जसरी जुठो प्रेममा बदलिएको छ, यसको मूल्य इतिहासले चुकाउनुपर्ने नै छ । 

आखिर किन यस्तो हुन्छ?

धेरैलाई थाहा भएर पनि थाहा नभए जस्तो गरेको यो अन्यायपूर्ण आक्रमण आफ्नो प्रेमिकालाई दुलही बनाएर लिन जाँदा जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँका २० वर्षीय नवराज विक गाउँलेहरूको आक्रमणमा परेर मारिएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी १७ वर्षीया युवतीसँग उनको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेछ । दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिलेपनि उनीहरू विवाह बन्धनमा बाँधिन चाहन्थे, त्यसैले नवराज शनिवार राति आफ्ना साथीहरूलाई लिएर दुलही ल्याउन चौरजहारी गए ।

काटे रगत सबैको रातो नै हुन्छ। जात एक व्यवस्था थियो, त्यो हट्यो । तर समाजबाट भने अझै पनि हट्न सकेन। नवराजले न घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए । केटीतिरका मान्छेहरूको आक्रमणमा परेर उनको ज्यान गुम्यो । उनलाई साथ दिनका लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृत्यु भयो । अन्य ३ जना सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

विगतमा दलित समुदायका मानिसहरूलाई सार्वजनिक पार्टीपौवा, धारापँधेरा, मठमन्दिरलगायतका स्थानमा प्रवेश गर्न पाउँदैन थिए । प्रेमको त परै जावस्, अनेक प्रकारका आन्दोलनहरूले समाजमा केही परिवर्तन आयो कि भनिएको हो । केही कुराहरूमा परिवर्तन आयो, तर अझै पनि गाउँशहरमा दलितलाई डुम, अछुतजस्ता संज्ञा दिएर अपमान गर्ने लगायतका कुराहरू हुनाले पनि कथित उपल्लो जात भन्नेहरूको चरम विभेदमा पर्दै आएका छन् । त्यसैको उदाहरण हो यो घटना।

यो भूमिमा दलितहरूको सबैकुरा चल्यो । उनीहरूको आँसु, पसिनाको मूल्य शायद नेपाली समाजले चुकाउन सक्दैन । मन्दिरमा खुकुरी चल्यो तर फूल चलेन । बिहेमा बाजागाजा चल्यो तर भोज चलेन । शरीरको लाज छोप्ने कपडा चल्यो तर घरभित्र पस्ने अनुमति चलेन। मायाप्रेम त झन् चल्दै चलेन। आखिर कहिलेसम्म उनीहरूको आँसु पसिनामाथि खेलबाड भइरहन्छ ? कहिलेसम्म भइरहन्छ, मानिसहरूमाथि मानिसहरूको विभेद ?

नेपालमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ लागू गरिसकेको भएतापनि अझैपनि समाजबाट यस्तो प्रथाको अन्त्य हुन सकिरहेको देखिँदैन । उक्त ऐनको दफा ४ को उपदफा २, ३, ४, ५, ६ वा ७ बमोजिमको कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कसलाई फुर्सद छ नियम कानूनको पाना पल्टाउन । शासक वर्गहरू मानिसहरूमाथि यो वा त्यो बाहनामा विभेद थोपार्न बाध्य छन् ।

जातीय विभेदलाई कानूनी अपराध मानेको भएपनि नेपाली समाजमा अझैसम्म जातीय छुवाछुत हट्न सकेको छैन । २०६३ जेष्ठ २१ छुवाछुतमुक्त राष्ट्र घोषणा र २०६८ मा जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाए ऐन बनेको थियो । ऐन बनेको ८ वर्ष भइसक्दा पनि विभेदका घटनाहरू बढिरहेका छन् । छुवाछुतमुक्त राष्ट्र घोषणा कागजमा मात्र सीमित देखिन्छ ।

कानून संशोधन हुन नसकेका कारण हरेक दिन विभेदका घटनाहरू बढिरहेका छन् । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को पहिलो संशोधन, २०७५ मा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कसूरको अवस्थाअनुसार एक महिनादेखि ३ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवानाका साथै दुई लाखसम्म क्षतिपूर्ति पीडितलाई भराइदिने व्यवस्था गरिएको छ । तर पँधेरो, स्कुल, मन्दिर, अस्पताल, सार्वजनिक सवारी साधन, मेला, समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना छ ।

समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएपनि संविधानमा उल्लेख गरिएका व्यवस्थाको फितलो कार्यान्वयनका कारण दलित समुदाय न्युनतम मानवअधिकारबाट वञ्चित रहन बाध्य छन् । उनीहरू हत्या, बलात्कार, कुटपिट, दमन र अत्याचार, अन्तरजातीय विवाह विभेद आदिजस्ता हिंसाबाट निरन्तर पीडित रहँदै आएको देखिन्छ ।

जातकै कारण गालीगलौजका भाषा, अपशब्द, सुन्नुपर्ने मात्रै होइन, दलितसँग बिहे, प्रेम गर्दा गाउँनिकाला हुनुपर्ने, यातना, हत्या, बहिष्कार सहन बाध्य पारिने स्थिति अन्त्य हुन सकेको छैन । बरु संविधानले सुनिश्चित गरेका कतिपय अधिकारमाथि समेत ऐन, कानून निर्माण गरिँदा कटौती गरिने र दलित समुदायमाथि थप मर्कामा पार्ने जालसाजी भएका हुन् ।

यसैका कारण आज धर्ती बस्नलायक छैन र आज नवराज विकहरू बसाइ सरेर जुनमा जान बाध्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x