संघीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा

सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ । 

लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सा सहितको लोगो परिवर्तन गरिएको हो ।


Advertisement

संघीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले संघीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय गरेको थियो । 

सरकारले जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । 


Advertisement

नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची–३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ । 

कमेन्ट गर्नुहोस्