भारतको जंगलमा दुई बाघबीच खतरनाक भिडन्त (तस्वीरहरू)

भारतको राजस्थानमा रहेको रनथम्बोर राष्ट्रिय निकुञ्जमा आमा र छोरी बघिनीबीच खतरनाक भिडन्त भएको छ । 

फोटोग्राफर पराग भट्टले दुई बाघको यो भिडन्तको तस्वीरहरू खिचेका हुन् । 


Advertisement

सुल्ताना र उसकी आमा नूर लगभग २० सेकेन्ड भिडेका थिए । उनीहरूले जमीनको आधिपत्यका लागि भिडन्त गरेको हुनसक्ने भट्टको भनाइ छ । 

मुम्बईका भट्टले विगत १५ वर्षदेखि वन्यजन्तुको तस्वीर खिच्दै आएका छन् । तर यसरी बघिनीहरू भिडेको उनले पहिलोपटक देखेका हुन् । 


Advertisement

‘सुल्तानाले आमालाई पछाडिबाट आक्रमण गरी । छोरी पछाडिबाट आइरहेको थाहा नपाएकी नूर हामी भएतिर साँघुरो बाटोमा आई । सुल्तानाले आमालाई झ्याप्पै आक्रमण गरी अनि ती दुईबीच २० सेकेन्डसम्म भिडन्त भयो । म त्यो भिडन्तको याद गर्दा अझै पनि ङार्रङुर्रको आवाज सुन्छु,’ पराग भट्टले भने ।

घटनामा दुवै बाघलाई कुनै चोटपटक लागेन । आमा चाहिँ आत्मसमर्पण गरेर लुरुलुरु आफ्नो बाटो लागी ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्