कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
प्रेमसिंह धामीको निधन भएको २३ वर्ष (जन्म : २००९।०५।२९ : मृत्यु २०५४।०५।२७) भइसकेको छ । यसबीचमा महाकालीमा धैरै पनी बगिसकेको छ । उहाँले उठाएका लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दाले निकास पाउनुको सट्टा अतिक्रमणको गति अझ बढ्ने क्रममा छ ।
लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गर्नुका साथै लिपुलेकसम्मको सडक उद्घाटन गरेको घटना सार्वजनिक भएपछि समग्र नेपाली समाज तरंगित र आक्रोशित भई यसबारे अनेक क्रिया-प्रतिक्रिया आउने क्रममा २०७७ साल वैशाख ३० गते लोकान्तर डट्कममा लेखकको प्रकाशित 'नेपाल-भारत सन्धिको 'चीरफार : लिम्पियाधुरा पुगेको त्यो पहिलो र अन्तिम उच्चस्तरिय टोली' ! नामक लेख प्रकाशित भयो । सोही मितिमा अन्य २ अनलाइनमा 'महाकाली नदी साझा हो ! पानी आधा-आधा हो !' हो नामक लेख प्रकाशित भए ।
ती लेखहरूमा महाकाली नदी सीमा नदी भएको, महाकाली नदी (कालीनदी) पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका सबै भू-भागहरू नेपालको भएको ऐतिहासिक तथ्यसहित भारतबाट अतिक्रमित लिम्पियाधुरा क्षेत्रको 'संसदीय अनुगमन संयुक्त समिति' ले स्थलगत अध्ययन भ्रमण गरी सो क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रण गरेको समितिको ठहर भएको तथ्य उल्लेख भएको थियो ।
२०७७ साल जेष्ठ २ गते संघीय संसद्को संयुक्त बैठकमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नेपाल सरकारको आ.व २०७७।२०७८ को वार्षीक नीति तथा कार्यक्रमको बुँदा नं.२६९ मा 'नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिबद्ध छ । अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिइने छ ।
ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यायमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय-समयमा उठिरेका विषयहरूको समाधान गरिने छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने छ ।
तदअनुरूप नै छुटेको भूमिसमेत समावेश गरी नेपाको नक्सा जारी गरिनेछ,' भन्ने ऐतिहासिक घोषणा भयो ।
यो ऐतिहासिक घोषणा प्रश्चात समग्र नेपाली समाज उत्साहित र तरंगित हुन पुग्यो । यसको पक्षमा संसद, सडक, समग्र मिडियाजगत र सामाजिक सञ्जालमा अनेक प्रकारका क्रिया-प्रतिक्रियाहरूको बाढी नै आयो । यसै सिलसिलामा २०७७ साल जेष्ठ ४ गते विभिन्न अनलाइनमा 'सीमा अतिक्रमण : लिम्पियाधुरा, कालापानी र लिपुलेक' नामक प्रकाशित लेखमा ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र ऐतिहासिक तथ्यका आधारमा लिम्पियाधुरा क्षेत्रको हाते नक्सा समेत सार्वजनिक गरी कुटी, नावी र गुञ्जीसहित लिम्पियाधुरा क्षेत्रको ३३५ वर्ग कि.मी र कालापानी क्षेत्रको ६२ वर्ग कि.मी नेपालको भूमि भएको उल्लेख थियो ।
२०७७ साल जेष्ठ ५ गते मन्त्रिपरिषद्बाट नेपालको नक्सा जारी गर्ने निर्णय भएबमोजिम २०७७ साल जेष्ठ ७ गते सार्वजनिक भएको नेपालको नक्सा २०७७ साल जेष्ठ ४ गते विभिन्न अनलाइनमा प्रकाशित लेखमा उल्लेखित तथ्य र प्रमाणलाई आधारमानी कुटी, नावी र गुञ्जीसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको नेपालको नक्सा सार्वजनिक भएकोमा म अत्यन्त हर्षित र उत्साहित भएको छु ।
यी माथिका घटनाक्रमहरूलाई हेर्दा लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भएको भारतको अतिक्रमण छोटो अवधिमा घटित घटनाजस्तो लाग्छ, तर वास्तविकता त्यस्तो होइन । सन् १९६२ मा भारत-चीन युद्ध भएको समयदेखि भारतले सो क्षेत्रमा अनधिकृत रूपले नेपालको भूमि अतिक्रमण गरेको घटनाहरूको अन्तिम दृष्य चित्र हो ।
वर्षौंदेखि भारतले अतिक्रमण गरी अनधिकृत रूपले कब्जा गरी राखेको 'लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने छ ।
तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिने छ ।' भन्ने ऐतिहासिक घोषणासहित नेपालको नक्सा सार्वजनिक भएको यस ऐतिहासिक घडीमा मेरो मानसपटलमा स्वर्गीय प्रेमसिंह धामीको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको भारतीय अतिक्रमणविरुद्धको सशक्त आवाज गुञ्जिरहेको छ ।
२०४८ सालमा नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य र २०४९ सालदेखि नेकपा (एमाले) को केन्द्रीय सदस्यको रूपमा कार्यरत रहँदा स्वर्गीय प्रेमसिंह धामीलाई बुझ्ने र सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । प्रेमसिंह धामी निडर, प्रखर वक्ता, सशक्त लेखक एवं देशभक्त व्यक्तित्व हुनुहुन्थ्यो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको हरतरहले प्रतिवाद गर्दै प्रेमसिंह धामीले यसलाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्न अथक संघर्ष गर्नुभयो ।
२०५४ साल भाद्र २६ गते जनआस्था पत्रिकामा 'काठमाडौंलाई कालापानी किन दु:ख्दैन ?' नामक विचारोत्तेजक लेख प्रकाशित भएको भोलिपल्ट २०५४ साल भाद्र २७ गते नुवाकोट जिल्लाको मदानपुरस्थित केउरिनी भीरमा भएको अकल्पनीय जीप दुर्घटनामा परी देश भक्तिपूर्ण लडाइँका सशक्त हस्ती प्रेमसिंह धामीको ४५ वर्षको अल्पायुमा असामयिक निधन भयो । यो देश र जनताको लागी अपुरणीय क्षति थियो ।
स्वर्गीय प्रमेसिंह धामीले स्थापित गरेको राष्ट्रिय मुद्दालाई समग्र राष्ट्रले आत्मसात गर्नु उहाँप्रतिको उच्च सम्मान हो । यो मुद्दालाई सार्थक निष्कर्षमा पुर्याई अतिक्रमित भूमिलाई फिर्ता गर्नु नै स्वर्गीय प्रेमसिंह धामीप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ ।
राष्ट्रवादी नेता प्रेमसिंह धामीको स्मृतिलाई चीरस्थायी बनाउन सरकारले आवश्यक कदम चाल्ने बेला भएन र ? यस सम्बन्धमा अविलम्ब आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछु ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...