×

NMB BANK
NIC ASIA

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

व्यास नगरपालिका–१ गल्बुबेंसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् ।

Muktinath Bank

गाउँघरमै बसेर पशुपालन, तरकारी खेती, माछापालन, मौरीपालनलगायत कार्य गरेर घर परिवारका साथमा बसेर राम्रै पैसा कमाउन सकिने उनी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा वनबाट खोजेर ल्याएका २–३ मुढे घारबाट शुरू गरेका मिश्र अहिले व्यावसायिक मौरीपालनमा लागेका छन् ।


Advertisment
Nabil box
Kumari

उनले विक्रम संवत् २०७४/७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यावसायिकरुपमा मौरीपालन कार्य थालेका हुन् । कृषक मिश्रले सेराना जातका करीब ६० मौरीका घार राखेर वार्षिक न्यूनतम ५/६ लाख सजिलै कमाउन सकिने बताए । विक्रम संवत् २०७१ सालदेखि मौरी व्यवसायमा लागेका उनले भने, ‘यो ५ वर्षको अवधिमा ३ वर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसकेपनि २ वर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।’

Vianet communication
Laxmi Bank

उनले भने, ‘शुरूमा १७ वटासम्म मौरी घार राख्दा पनि मौरी बसेनन् तर पनि कत्ति पनि बिचल्ली भइनँ, निरन्तर लागिरहें ।’ एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करीब ६ लाख रुपैयाँ खर्च गरेर व्यवस्थितरुपमा मौरीपालन गरिएको छ ।

मौरी पाल्नुभन्दा अघि ट्रयाक्टर, बस र इँटा उद्योगसमेत सञ्चालन गर्दै आएपनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरीपालनमा रमाउन थालेको कृषक मिश्रले बताए ।

मह प्रतिकिलो १ हजार २०० रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । मह बिक्रीका लागि बोकेर अन्यत्र लैजानु नपर्ने बताउँदै उनले भने, ‘घरमै मह लिन मानिस आउने गर्छन्, मागअनुरुप पुर्‍याउनसमेत सकिएको छैन ।’

घारसहितको मौरी प्रतिघार ८ हजार रुपैयाँमा बिक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै ५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।

स्थानीय तथा प्रदेश सरकारले तालिम तथा औजार प्रदान गरेमा मौरीबाट विष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उनको भनाइ छ । मौरीबाट विष उत्पादन गर्न सके प्रतिकिलो ३० लाख रुपैयाँसम्म बिक्री गर्न सकिने उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x