कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित रहने भएको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले फागुनसम्मको आर्थिक क्रियाकलापमा वृद्धि भएपनि कोभिड १९ कारण विश्व अर्थतन्त्र प्रभावित भएका कारण चालू आवमा आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको बताए ।


Advertisement

पछिल्ला ३ वर्षमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको उनले स्मरण गरे । सरकारले जेठ १५ गते बिहीवार आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्