भारतमा कोभिड–१९ बाट निको हुनेको दर ४१‍.६१ प्रतिशत

प्रतिकार्यात्मक तस्वीर।

भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोभिड-१९ बाट सङ्क्रमित विरामी निको भएर घर फर्किनेको दर ४१‍.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ।

भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पनि विश्वको कम क्षति हुने मुलुकहरूमा जस्तै रहेको मन्त्रालयको दावी रहेको छ।


Advertisement

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पत्रकार सम्मेलनमा अहिलेसम्म ६० हजार ४९० कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्किएको जनाए।

कोरोना भाइरस सङ्क्रमण निको हुनेको दर अहिलेसम्म ४१.६१ प्रतिशत रहेको छ। हाल सङ्क्रमितमध्येमा मृत्यु दर पनि विश्वमा कोरोना भाइरस प्रकोप रहेका अन्य ठूला मुलुकहरूको तुलनामा निकै कम अर्थात् २.८७ प्रतिशत रहेको छ ।


Advertisement

भारतमा विश्वमा सङ्क्रमितको औषत सङ्ख्या निकै कम रहेको छ । विश्वभर प्रति एक लाखमा ६९.९ व्यक्तिमा सङ्क्रमण रहेकोमा भारतमा यो दर प्रति लाखमा १०.७ व्यक्ति रहेको छ। यो तुलना विश्वभर सङ्क्रमितको सङ्ख्यामा आधारित रहेर गरिएको गरिएको उनको भनाइ थियो।

 
 
 
 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्