×

NMB BANK
NIC ASIA

हिजो दिनभर : नयाँ नक्साबारेको संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीको प्रस्ताव, जाजरकोट घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

जेठ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ नक्साबारेको संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेस सहमत

कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेर हालै जारी भएको नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने गरी संघीय संसद्‍मा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतिका आधारमा पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूसमक्ष प्रस्ताव गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताका विषयमा विगतमा जस्तै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताका विषयमा विगतजस्तै एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन,' प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, 'संविधान संशोधन प्रस्तावको पक्षमा उभिन उहाँले संसद्मा प्रतिनितित्व गर्ने दलहरूलाई अपिल गर्नुभएको छ ।'


Advertisment
Nabil box
Kumari

संविधानमा रहेका कतिपय दलका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्दै जान सकिने पनि प्रधानमन्त्री ओलीले बताए ।

Vianet communication
Laxmi Bank

यो विषय तत्काल गर्नुपर्ने भएकाले अन्य विषयलाई अहिले समावेश नगर्ने प्रस्ताव पनि प्रधानमन्त्री ओलीले बैठकमा राखेको ज्ञवालीले बताए ।

उनकाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने गरी केन्द्रीय समिति बैठक बसेर निर्णय गर्ने आश्वासन दिएको छ ।

संसद् पनि लम्ब्याउन कठीन अवस्था रहेकाले छिट्टै केन्द्रीय समिति बैठक बोलाएर निर्णय लिन आफूहरूले कांग्रेसलाई आग्रह गरेको पनि उनले बताए ।

कालापानी तथा लिपुलेक लगायतका भू–भाग समेटेर सरकारले हालै जारी गरेको नयाँ नक्सालाई आफूहरूले स्वागत गरेको बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

आफूहरूले अब कूटनीतिक तबरबाट समस्या समाधानका लागि यथाशीघ्र पहल गर्न पनि आग्रह गरेको सिटौलाले बताए ।

बैठकमा जनता समाजवादी पार्टीका नेताहरूले भने आफूहरूको मागबमोजिम अन्य विषयलाई पनि संविधान संशोधन विधेयकमा समेट्नुपर्ने बताएका थिए ।

'हामी पनि राष्ट्रिय एकताको पक्षमा छौं, तर राष्ट्रिय एकता केपी ओलीले भनेजस्तो मात्र पनि हुन्न,' जनता समाजवादीका नेता उपेन्द्र यादवले लोकान्तरसँग भने, 'हामीले पहिलेदेखि नै उठाउँदै आएका एजेण्डाहरू पनि समावेश हुनुपर्छ, यद्यपि सुगौली सन्धिअनुसारको भूमि हाम्रो हो भन्नेमा दुईमत छैन ।'

राष्ट्रिय एकता कायम कसरी गर्ने भन्ने विषयको बल सरकारको कोटमा रहेको यादवले बताए ।

विपन्न नागरिकको नि:शुल्क कोरोना परीक्षण गर्न सर्वोच्चको आदेश
सर्वाेच्च अदालतले विपन्न र जोखिममा रहेका नागरिकको नि:शुल्क कोरोना भाइरस परीक्षण गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश तेजबहादुर केसीको इजलासले कम आय भएका, विदेशी भूमिबाट नेपाल आएका र आउने नागरिकको र्‍यापिड टेष्ट गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भनेकाे हाे।

सरकारले निजी स्वास्थ्य संस्थाबाट आरडीटी किट विधिबाट शुल्क तिरेर स्वच्छिक परीक्षण समेत गर्न दिने तयारी गरेका बेला सर्वाेच्चको यस्तो आदेश आएको हो।

सर्वाेच्चले वार्षिक २ लाख ७० हजारभन्दा कम वार्षिक आय भएका, गरिबीको रेखामुनी रहेका, कोरोनाको लक्षण देखिएका जिल्लाका व्यक्ति, सीमाबाट आएका र  भारत बाहेक तेस्रो मुलुकबाट आएका वार्षिक ७ लाखभन्दा कम आय भएका व्यक्तिको निशुल्क कोरोना परीक्षण गर्न भनेको हो।

चिकित्सकको दुई टोली बनाई साप्ताहिक रूपमा शिफ्टमा काम लगाउन सरकारको निर्देशन
कोरोनाभाइरस (कोभिड- १९) महाव्याधिका कारण स्वस्थ्य सेवा प्रवाहमा असहजता भइरहेका बेला सरकारले चिकित्सकहरूको दुई टोली बनाई साप्ताहिकरूपमा शिफ्टमा काम लगाउने निर्णय गरेको छ ।

सोमवारको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले अस्पतालहरूमा चिकित्सकहरूको २ टोली बनाई शिफ्टमा काम लगाउन निर्देशन दिएको छ ।

'कोभिड १९ रोकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरू संक्रमित हुन गई सेवा प्रवाहलाई निरन्तरता दिन कठिनाई हुन सक्ने हुँदा सबै अस्पतालहरूले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो ड्यूटी लगाई (एउटा टोली एक हप्ता, एक टोली अर्को हप्ता गरी) सेना निरन्तरताको सुनिश्चितता गर्न हुन नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/०२/१२ को निर्णयानुसार अनुरोध छ,' स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको पत्रमा उल्लेख छ ।

जाजरकोट घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

सरकारले जाजरकोट घटनाको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

राष्ट्रिय सभाको मंगलवारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको जानकारी दिए ।

समितिलाई १ महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो । 

मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षकै ५ जनालाई अस्थायी प्रहरी पोस्ट रावतगाउँ र ७ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिए ।

हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ । 

हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकतानुसार गोताखोरसमेत परिचालन गरिने उनको भनाइ छ । नवराज विकसहितको समूहमा गएको रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का गोपाल बुढाथोकीबीच बाटोबाटै फर्केको, घाइते सुदिप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्री थापाले जानकारी दिए । केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताए ।

उनका अनुसार युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लासहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमबाट समन्वयात्मक ढंगले काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए ।

थप ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै मंगलवार ९० जना संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार महोत्तरीका २ जना, जुम्ला घर भई बारामा कार्यरत २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिराहाका ४ जना, धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, रुपन्देहीमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखराका २ जना, सुर्खेतमा गरिएको परीक्षणमा १२ जना, बाँकेमा ७ जना, कपिलवस्तुका २४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताएका छन् ।

नारायणी अस्पतालबाट कोरोना संक्रमण नेगेटिभ भई डिस्चार्ज भएका ४३ जना व्यक्तिसहित हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १५५ पुगेको प्रवक्ता देवकोटाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x