×

NMB BANK
NIC ASIA

सीमामा अलपत्र नागरिकको उद्धारमा स्थानीय तह

जेठ १४, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नदेखेर रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपाली ठूलो संख्यामा फर्कन थालेपछि कैलालीका स्थानीय तहहरू उनीहरूको व्यवस्थापनमा जुटेका छन् ।

Muktinath Bank

अहिले कैलालीका स्थानीय तहहरू क्वारेन्टाइन व्यवस्थापन तथा सीमासम्म पुगेका आफ्ना पालिकाका नागरिकको उद्धारमा व्यस्त देखिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी दैनिकजसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन नगरपालिकाले सवारीसाधन पठाउने गरेको बताउँछन् । ‘हामी आफ्ना नागरिक ल्याउन र उहाँहरूलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न लागिरहेका छौं,’ उनले भने, ‘वडावडामा क्वारेन्टाइन बनाएर व्यवस्थापनमा वडाध्यक्ष तथा सरोकारवाला साथी खट्नुभएको छ ।’


Advertisment
Nabil box
Kumari

बन्दाबन्दीका कारण बन्द रहेका नगरपालिकाभित्रका विद्यालयलाई क्वारेन्टाइनका रूपमा विकास गरेर स्थानीय युवा स्वयंसेवकलाई परिचालन गराएर भारतबाट आउनेलाई कम्तीमा २ हप्ता क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपश्चात् घर पठाउने गरिँदै आएकामा अब भने कम्तीमा ३ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको नगर प्रमुख चौधरीले बताए । अहिले नगरपालिकाको क्वारेन्टाइनमा ४२० जनालाई राखिएको र यो संख्या वृद्धि हुँदै जाने निश्चित भएको र व्यवस्थापनमा केही चुनौती रहेको नगर प्रमुख चौधरीले बताए ।

Vianet communication
Laxmi Bank

कैलालीको गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा नगरपालिकाले नेपाल–भारत सीमासम्म पुगेका नागरिक लिन नियमित सवारी साधन पठाउने गरेको बताउँछन् । ‘शुरूआती समयमा पालिकाभित्रका २ स्थानमा मात्र क्वारेन्टाइन बनाएर भारत तथा देशभित्रकै अन्य स्थानबाट आएकालाई राखिएको भएता पनि पछिल्लो समय भारतबाट फर्कनेहरूको संख्या बढेपछि हरेक वडामा क्वारेन्टाइन बनाएर व्यवस्थापन गर्नतर्फ लागेका छौं,’ नगर प्रमुख देउवाले भने ।

भारतबाट आउने कोहीलाई पनि क्वारेन्टाइनमा बसाउनुपर्ने नभए संक्रमणको खतरा बढ्न सक्ने भन्दै जनप्रतिनिधि तथा स्थानीय युवा क्लबमार्फत चेतना जगाउने काम पनि गरिरहेका कारण तथा सामाजिक सञ्जालमा सम्पर्क नम्बर राखिदिएका कारण सीमामा आउने पालिकाका जनताले सोझै सम्पर्क राख्न सक्ने भएको हुँदा व्यवस्थापनमा सहज भएको नगर प्रमुख देउवा बताउँछन् ।

कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाभित्र विभिन्न १० ठाउँमा क्वारेन्टाइन बनाएर भारतलगायत बाहिरबाट आउनेहरूको व्यवस्थापनमा जुटिरहेको कैलालीको लम्कीचुहा नगरपालिकामा अहिलेसम्म ६३० जना क्वारेन्टाइनमा छन् । नगरपालिकाका प्रमुख महादेव बजगाईं यो संख्या अझै बढ्ने बताउँछन् ।

भारतबाट नेपाल आउने नेपालीको संख्या दिनप्रतिदिन बढेका कारण व्यवस्थापनमा केही चुनौती भएको भएपनि सबैको सहयोगमा सही ढंगले व्यवस्थापन गरिँदै आएको प्रमुख बजगाईंले बताए ।

‘आजभोलि दैनिक नेपाल–भारत सीमामा आएका आफ्ना नागरिकलाई ल्याउनमा व्यस्त रहेको र अझै केही दिन एकदमै ठूलो संख्यामा नागरिक स्वदेश आउने भएकाले उहाँहरूको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखापर्ने भएकाले यस विषयमा प्रदेश तथा केन्द्र सरकारले पनि ठोस कदम चाल्नुपर्ने नत्र स्थिति भयावह हुनसक्छ,’ नगर प्रमुख बजगाईंको भनाइ छ ।

स्थानीय तहहरूले आफ्नो क्षमताअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको भएपनि स्थानीय तह र केन्द्र सरकारबीचको सरकार प्रदेश सरकारले पहलकदमी नलिएको नगर प्रमुख बजगाईंले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x