पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।
भारतबाट आउने नेपाली नागरिकका कारण कर्णालीमा कोरोनाको महामारी फैलिएकाले त्यसलाई थप फैलन नदिन बैठकले सुरक्षा जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो। बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा तथा अन्य कार्यसहित महामारीबाट प्रभावित र सङ्क्रमित नागरिकको उद्धार तथा क्वारेन्टिन व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाली सेनासमेत परिचालन गर्ने परिस्थितिमा स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रवक्ता विमला केसीले जानकारी दिइन्।
पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने, कर्णाली प्रदेशमा व्यापार–व्यवसायको दर्ता तथा सञ्चालन तथा प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री केसीले बताइन्।
कर्णालीका सात सार्वजनिक बिदा राजपत्रमा प्रकाशन गरिने
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र दिइने सात वटा सार्वजनिक बिदाको सूचनाका लागि राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
बैठकबाट बिदाका लागि गरिएको निर्णयको तिथिअनुसार दिइने बिदाको मिति आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्तत् समयमा निर्णय गरी सार्वजनिक गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन्।
प्रवक्ता केसीका अनुसार धान दिवस असार १५ गते प्रदेशभर र चैत १२ गते जुम्लामा, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), माघ १ गते माघे सङ्क्रान्ति (माघी), चैत्र शुक्ल अष्टमी चैतेदशैँ प्रदेशभर मनाइने निर्णय भएको छ। त्यस्तै, फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा हुने गरी बैठकले निर्णय गरेको उनको भनाइ थियो ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...