पश्चिम बंगालका विद्यालय अर्को महिना पनि बन्द हुने

प्रतिकार्यात्मक तस्वीर।

भारतको पश्चिम बंगाल राज्यका विद्यालय आगामी महिना पनि  बन्द हुने भएका छन्। राज्य सरकारले आगामी जुन ३० सम्मका लागि सवै विद्यालय बन्द नै गर्ने घोषणा बुधबार गरेको हो ।

पश्चिम बंगालका शिक्षा मन्त्री पार्थ चटर्जीले केही दिन अघि आएको आँधीका कारण विद्यालयहरुको भौतिक संरचना क्षतिग्रस्त भएकाले विद्यालय बन्द गर्नुपरेको जानकारी दिए। त्यसैगरी कतिपय विद्यालय भवनहरु कोरोना भाइरसको सङ्क्रमणका कारण क्वारेन्टाइनको रुपमा प्रयोग गरिएकाले पनि तत्काल विद्यालय संचालन गर्न कठिनाई रहेको उनको भनाइ छ । सरकारले यसअघि आगामी जुन १० सम्म बन्द रहने निर्णय गरेको थियो । 


Advertisement

तर कक्षा १२ को प्रदेशस्तरीय परिक्षा भने नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ। कक्षा १२ को परिक्षा यही जुन २९, जुलाई २ र जुलाई ६ मा गर्नेगरी अघिल्लो हप्ता नै घोषणा भएको थियो। 

पश्चिम बंगाल उच्च माध्यामिक शिक्षा बोर्डले परिक्षाका लागि सवै तयारी पुरा गर्न निर्देशन पनि दिएको मन्त्री चटर्जीले जानकारी दिए। यस परिक्षाका लागि एक हजार ५८ ओटा परिक्षा केन्द्र निर्धारण गरिएको उनको भनाइ छ।   
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्