×

NMB BANK
NIC ASIA

प्रहरीको २८औं आईजीपीका लागि दौडधुप शुरू, क्षेत्री र पालमध्ये कसले मार्ला बाजी ?

जेठ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) का लागि दौडधुप शुरू भएको छ ।

Muktinath Bank

बाहालवाला आईजीपी ठाकुर ज्ञवालीले आउँदो असार २५ गते अनिवार्य अवकाश पाउने समय नजिकिँदै जाँदा २८औं महानिरीक्षकका लागि शक्तिकेन्द्र धाउने दौडधुप शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतका दिनमा पनि शक्ति केन्द्रको आशिर्वाद पाएका प्रहरी अधिकृत आईजीपी बनेको देखिँदै आएको छ । नेपाल प्रहरीमा काबिल र क्षमताका आधारमा भन्दा राजनीतिक शक्तिका आधारमा आईजीपी हुने गरेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

राजनीतिक पहुँच नभएको खण्डमा काबिल प्रहरी अधिकृतले राजीनामा दिनुपरेको थियो भने आईजीपीको प्रतिस्पर्धाका लागि तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नवराज सिलवाल र जयबहादुर चन्दले अदालतको ढोका समेत खट्खटाएका थिए ।

Vianet communication
Laxmi Bank

त्यसको फाइदा उठाउँदै प्रकाश अर्याल आईजीपी बनेका थिए । त्यसपछि पूर्व आईजीपी सवेन्द्र खनाल र पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलबीच केही असन्तुष्टि देखिएको थियो । 

डीआईजी बढुवा हुँदा रमेश खरेलभन्दा कनिष्ठ सवेन्द्र खनाललाई अगाडि ल्याएर आईजीपी बनाएपछि खरेलले राजनीति भएको भन्दै डीआईजीबाटै राजीनामा दिएका थिए ।

गत माघ २८ ठाकुर ज्ञवाली २७औं प्रहरी महानिरीक्षक बनेका थिए । 

प्रतिस्पर्धा र विवादरहित आईजीपी भएका ज्ञवालीले ५ महिना मात्र नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने मौका पाएका छन् ।

२०७६ साल फागुन १५ गते बढुवा सिफारिस भएका ९० ब्याचका तारिणी लम्साल आईजीपी ज्ञवालीसँगै अनिवार्य अवकाश पाउँदैछन् भने दोस्रो नम्बरमा बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) द्वय शैलेश थापा क्षेत्री र तेस्रो नम्बरमा बढुवा भएका हरिबहादुर पालबीच प्रतिस्पर्धा देखिन्छ ।

बढुवा सिफारिस भएको झण्डै एक महिनापछि चैत १२ गते ३ जनाले एआईजीको फूली लगाएका थिए । अहिले हरि पाल कार्य एवं अपराध अनुसन्धान विभाग र शैलेश थापा क्षेत्रीले मानव स्रोत एवं प्रशासन विभाग सम्हाल्दै आएका छन् । यसअघि थापाले महानगरीय प्रहरी कार्यालय र पालले २ नम्बर प्रदेशको प्रमुख सम्हालेका थिए । 

एआईजी बढुवा अगाडि रहेका थापा क्षेत्रीलाई आईजीपीका लागि सहजता देखिन्छ । शालीन र व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा प्रहरी वृत्तमा क्षेत्रीले अर्कै छाप छाडेका छन् ।

पालभन्दा अगाडि रहेका क्षेत्रीलाई राजनीतिक नेतृत्वले भने खासै विश्वास नगर्ने प्रहरी अधिकारीहरू बताउँछन् । भक्तपुरका क्षेत्री नेकपाका नेता महेश बस्नेतको निकट मानिन्छन् । महेश बस्नेत प्रधामन्त्री केपी शर्मा ओलीका विश्वास पात्र भएकाले पनि क्षेत्री नै आईजीपी हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

‘एआईजी शैलेश साब व्यावसायिक भएर काम गर्ने मान्छे हो । अहिलेसम्म प्रहरीमा उहाँलाई नराम्रो भन्ने कोही देखिँदैन र उहाँ अगाडि पनि हुनुहुन्छ, अबको आईजीपीका रूपमा हामीले आशा गरेको हो,’ एक उच्च प्रहरी अधिकृतले भने ।

एआईजी क्षेत्रीले नेकपा नेता महेश बस्नेतमार्फत शक्ति केन्द्रमा पहुँच पुर्‍याइरहेको कतिपयको भनाइ छ भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ क्षेत्रीका सबालमा खासै सकारात्मक नभएको स्रोतको भनाइ छ । इमान्दार भएपनि लिडरसीप क्षमता कमजोर भएको आरोप क्षेत्रीमाथि लाग्ने गरेको छ ।

यता तेस्रो नम्बरमा एआईजी बढुवा भएका हरिबहादुर पाल पनि शक्ति केन्द्रलाई रिझाउन लागि परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धेरै नेतासँग राम्रो सम्बन्ध छ । नेकपाकै नेतासँगको राम्रो सम्बन्धले पाललाई चौथो नम्बरबाट एआईजी बढुवामा अगाडि ल्याएको बताइन्छ । एआईजी बढुवा हुँदा एक नम्बर तल परेका पाललाई आईजीपी हुन् भने केही कठिन देखिन्छ ।

केही व्यावसायिक घरानासँग निकट भएको आरोप लाग्दै आएका पाललाई आईजीपी हुन प्रधामन्त्री र नेकपाका अध्यक्ष प्रचण्डलाई रिझाउनु पर्नेछ । यसका लागि पालले नेकपाका नेतहरूसँग आफ्नो भेटघाट बाक्लो बनाएको स्रोतको बतायो ।

आईजीपी बढुवामा कार्यक्षमता लगायतका विषयभन्दा सरकारले विश्वास गरेको व्यक्तिलाई नियुक्त गर्ने अधिकार कानूनले दिएको छ । जसकारण अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ ।

दुईमध्ये ओली र प्रचण्डको मन जित्ने व्यक्ति नै २८औं महानिरीक्षक हुने निश्चित छ । तर कोभिड– १९ (नोबल कोरोनाभाइरस) का कारण देश लकडाउनमा रहेकाले प्रहरी नियमावली संशोधन गरेर वर्तमान प्रहरी महानिरीक्षककै कार्यकाल थप हुन पनि सक्ने गृह मन्त्रालयका स्रोतको भनाइ  छ ।

आईजीपी बढुवाका लागि गृहन्त्रालयले मन्त्रिपरिषद्मा जेष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर आईजीपी बनाउनका लागि योग्य उम्मेदवारको नाम सिफारिस गर्छ ।

मन्त्रिपरिषद्को निर्णयले प्रहरी महानिरीक्षक आईजीपी तोक्ने कानूनी प्रावधान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x