गणतन्त्र दिवसका अवसरमा नेकपा स्याङ्जाका अध्यक्ष पारसद्वारा क्वारेन्टाइनमा खाद्यान्न सहयोग

१३ औं गणतन्त्र दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ले स्याङ्जा जिल्लाका तीन पालिका गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालिगण्डकी गाउँपालिकामा रहेको कोभिड १९ कोरोना क्वारेन्टाइनलाई आर्थिक सहयोग गरेका छन् ।

लोकान्तरसँग कुरा गर्दै पारसले ९० बोरा चामल, ९० लिटर खानेतेल, १२० केजी दाल, ९० केजी नुन, १/१कार्टुन १४४ बोतल स्यानिटाइजर, बिस्कुट र ब्रेडसमेत सहयोग व्यक्तिगत रूपले सहयोग गरेको बताए ।


Advertisement

उनले एक पालिकामा १ लाख गरी जम्मा ३ लाख बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । उनले क्वारेन्टाइनमा बसेकाहरुलाई समस्या नहोस भनी सहयोग गरेको बताए ।

स्याङ्जा निर्वाचन क्षेत्र २ ‘ख’का उम्मेदवारसमेत रहेका पारस पछिल्लो समयमा विभिन्न सामाजिक अभियानमा समेत क्रियाशील छन् । उनी तत्कालीन माओवादी सशस्त्र विद्रोहका क्रममा ३५ महिना भन्दा बढी सैन्य हिरासतमा बिताएका नेता हुन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्